सरकारले काठमाडौंमा सुरु गर्‍याे नयाँ विधिबाट कोरोना परीक्षण, तुरुन्तै नतिजा थाहा पाइने

siddhartha wheel mart

काठमाडौं, मंसिर १५ ।सरकारले नयाँ विधिबाट कोरोना परीक्षण सुरु गरेको छ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि एन्टिजेन जाँच सुरु गरिएकाे हो।

aawash steels

अनामनगरलगायत काठमाडौंका चार-पाँच ठाउँमा अहिले बिहान यो परीक्षण सुरु गरिएको उनले जानकारी दिए।

‘डब्लूएचओकै सहयोगमा सञ्चालन गरिएको यो निःशुल्क परीक्षण अभियान हो,’ डा. पाण्डेले साेमबार बिहान नेपालखबरसँग भने, ‘सुरुमा एन्टिजेन परीक्षण उपत्यकाबाट थालेका हौं।’

super kinetic courier

यो विधिका लागि स्वाब नै आवश्यक पर्ने तर आधा घण्टाभित्रमै नतिजा आउने उनले बताए। यसको ‘सेन्सिटिभिटी’ पीसीआर विधिकाे भन्दा राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको उनको दाबी छ।

उपत्यकामा प्रभावकारी देखिए यो परीक्षण अभियान देशभर सञ्चलान गरिने डा. पाण्डेले जानकारी दिए।उनका अनुसार काठमाडौं उपत्यकामा अब हरेक दिन ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिनेछ।काठमाडौं महानगरपालिकाका वडा नम्बर ४, ७ र ९ मा आज एन्टिजेन परिक्षण सुरु गरिएको उनले जानकारी दिए।उनका अनुसार महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको हो।

एन्टिजेन परीक्षण कस्ताे हो?
यो छिटो छरितो रूपमा कोरोना भाइरस पत्ता लगाउने एउटा विधि हो। यसका लागि पनि नाक र घाँटीबाट स्वाब लिनुपर्छ। तर कुनै प्रयोगशाला वा विशेष उपकरण चाहिँदैन। फिल्डमै गर्न सकिन्छ।

डा. पाण्डेका अनुसार सानो थर्मोमिटर भन्दा अलि मोटो लाम्चो र्या‍‍पिड एन्टिजेन किटमा एक थोपा स्वाब राख्दा लाइन आयो भने व्यक्तिमा कारोनो संक्रमित छ भन्ने भन्ने थाहा हुन्छ।

पीसीआर परीक्षण गर्दा नतिजा थाहा पाउन ४८ देखि ७२ घण्टासम्म लाग्छ भने यसबाट करिब आधा घण्टामै थाहा पाउन सकिने डा. पाण्डेको भनाइ छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…