हिन्दू भएर पनि जब गुरु नानकले जनै लगाउन अस्वीकार गरे….

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १५ ।आज (२०२० नोभेम्बर ३०), सिख धर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती। उनी कार्तिक पूर्णिमाका दिन जन्मिएका थिए।

नानकले सिख धर्ममा हिन्दू र इस्लाम दुवैको भलाइलाई समेटे। तर यसो भनेर सिख धर्म हिन्दू र इस्लाम धर्मको संयोजन होइन।

गुरु नानक एक मौलिक आध्यात्मिक विचारक थिए। उनले आफ्ना विचार कवितात्मक शैलीमा प्रस्तुत गर्थे। यही शैली शिख धर्मको धर्मग्रन्थ गुरुग्रन्थ साहिबको पनि हो।

aawash steels

गुरु नानकको जीवनबारे धेरै कम मानिसलाई मात्र थाहा छ। यद्यपि सिख परम्परा र उनको जन्म रेकर्डमा सबै जानकारी छ। यही मार्फत उनका महत्वपूर्ण उपदेश पनि हामीसम्म आइपुगेका छन्।

बालक नानकको जन्म १४६९ मा लाहौरबाट ६४ किलोमिटर टाढाको ठाउँमा भएको थियो। सिख परम्परामा उल्लेख जानकारीअनुसार नानकको जन्म र सुरुवाती वर्षले धेरै हिसाबले महत्वपूर्ण अर्थ राख्छन्। भनिन्छ कि ईश्वरले नानकलाई केही अलग गर्न प्रेरित गरेका थिए।

super kinetic courier

नानकको जन्म एक हिन्दू परिवारमा भएको थियो। तर उनले तुरुन्तै इस्लाम र हिन्दू धर्मको व्यापक अध्ययन सुरु गरे।परिणाम- नानकलाई बाल्यकालमै कवि र दर्शनको अद्भूत क्षमता प्राप्त भयो।

गुरु नानकबारे एउटा प्रसिद्ध कथा छ। उनी ११ वर्षको उमेरमै विद्रोही स्वभावका थिए। यस उमेरमा हिन्दू बालकलाई पवित्र जनै लगाउन सुरु गरिन्छ। तर गुरु नानकले यो लगाउन अस्वीकार गरे। उनको भनाइ थियो- ‘मानिसले जनै लगाउनुभन्दा पनि आफूमा असल आचरण विकासमा ध्यान दिनुपर्छ।’

नानकले विद्रोही आध्यात्मिक मार्ग अपनाइरहे। उनले स्थानीय साधु र गुरुप्रति प्रश्न खडा गर्न थाले। उनी समान रूपमा हिन्दू र मुसलमान समुदायलाई प्रश्न गर्थे। नानकको जोड आन्तरिक परिवर्तनमा थियो। उनी देखावटीपन पटक्कै मन पराउँथेनन्।

गुरु नानक केही समय लेखकका रूपमा पनि काम गरे। तर कलिलो उमेरमा उनले आध्यात्मिक अध्ययनमा आफूलाई समर्पण गरे। नानक आत्मिक अनुभवबाट धेरै प्रभावित थिए र उनी प्रकृतिमा नै परमेश्वर खोज्थे।

गुरु नानक भन्थे– चिन्तनमार्फत अध्यात्मको बाटोमा अघि बढ्न सकिन्छ। उनको मान्यता थियो– आफ्नो जीवन शैलीका माध्यमबाट हरेक मानिसले आफूभित्रको ईश्वर देख्न सक्छन्।

सन् १४४६ मा उनको विवाह भएको थियो। उनको परिवार पनि थियो। नानकले भारत, तिब्बत र अरबबाट आध्यात्मिक यात्राको सुरुवात गरे। यो यात्रा ३० वर्षसम्म जारी रह्यो। यस क्रममा नानकले निकै अध्ययन गरे र शिक्षित व्यक्तिसँग बहस पनि गरे।

यस क्रममा नानकले सिख धर्मको बाटोलाई आकार दिए र अस जीवनका लागि अध्यात्म स्थापित गरे।

गुरु नानकले जीवनको अन्तिम समय पञ्जाबको करतापुरमा बिताए। यहीं उनले आफ्ना उपदेशमार्फत धेरै अनुयायीलाई आकर्षित गरे।

गुरु नानकको सबैभन्दा महत्वपूर्ण सन्देश थियो– ईश्वर एक छन् र हरेक मानिस सीधै उनीसम्म पुग्न सक्छन्। यसका लागि कुनै धर्म, पुजारी वा गुरुको आवश्यकता पर्दैन।

गुरु नानकले सबैभन्दा ठूलो क्रान्तिकारी सुधार जाति व्यवस्थाविरुद्ध गरे। उनले यो मान्यता स्थापित गरे कि हरेक मानिस एकै हुन्, चाहे जुनसुकै जात वा लिंगका हुन्।

गुरु नानक

गुरु नानक

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…