नाइजेरियामा ४३ कृषि मजदुरको बीभत्स हत्या, खेतमा काम गरिरहेका बेला बाँधेर घाँटी रेटियो

siddhartha wheel mart

नाइजेरिया, मङ्सिर १५ ।उत्तर–पूर्व नाइजेरियामा कम्तीमा ४३ जना कृषि मजदुरको बीभत्स हत्या गरिएको छ।

मिडिया रिपोर्टका अनुसार शनिबार धान खेतमा काम गरिरहेका मजदुरलाई आक्रमणकारीले बाँधेर घाँटी रेटेका हुन्।

यो हमला बोर्नाे राज्यको राजधानी मेडुगुरी नजिक भएको हो। यस क्षेत्रमा बोको हराम र इस्लामिक स्टेट पश्चिम अफ्रिकासँग सम्बन्धित चरमपन्थी सक्रिय छन्।

aawash steels

यस हमलालाई केही महिनायताकै सबैभन्दा बीभत्स भनिएको छ। शनिबार भएको त्यस आक्रमणलाई त्यहाँका राष्ट्रपतिले ‘पागलपन’को संज्ञा दिएका छन्।अहिलेसम्म हमलाको कुनै संगठनले जिम्मेवारी लिएको छैन।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले हमलाको भत्र्सना गर्दै भनेका छन्, ‘मेहनती मजदुरविरुद्ध गरिएको यस आक्रमणको जित निन्दा गरे पनि कम हुन्छ। यो लज्जानक हत्याले पूरै देश शोकमा परेको छ।’

super kinetic courier

समाचार एजेन्सी एएफपीले केही प्रत्यक्षदर्शीैको भनाइ उधृत गर्दै लेखेको छ- ‘हामीले अहिलेसम्म ४३ वटा शव फेला पारेका छौं। सबैको काटेर हत्या गरिएको छ।’अझै केही मजदुर बेपत्ता रहेको बताइएको छ।

एएफपीको रिपोर्टअनुसार ती मजदुर नाइजेरियउाको उत्तर पश्चिमी राज्य सोकोतोबाट करिब हजार किलोमिटर टाढा उत्तर पूर्वस्थित बोर्नाे राज्यमा रोजगारीका लागि गएका थिए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुट

काठमाडौं,फाल्गुन २४ । नेपाल सरकारबाट ‘ए’ ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ। स्वस्थ…

ग्रेथ बेल र ह्यारी केन चम्किँदा टोटनह्याम हट्सपुरले क्रिस्टल प्यालेसलाई…

काठमाडौं,फाल्गुन २४ । ग्रेथ बेल र ह्यारी केन चम्किँदा टोटनह्याम हट्सपुरले क्रिस्टल प्यालेसलाई सजिलै पराजित गरेको छ। आइतबार राति भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–१…

नेकपा बदर हुने फैसला गरेपछि प्रचण्ड–नेपाल पक्ष गम्भीर असहमतिमा

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर (निर्वाचन आयोगमा दर्ता अमान्य) हुने फैसला गरेपछि यस पार्टीको प्रचण्ड–नेपाल पक्षले गम्भीर असहमति जनाएको…

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…