भूमाफियाको नाममा रहेको १ सय २२ बिघा जमिन सरकारको नाममा फिर्ता

siddhartha wheel mart

रौतहट, मङ्सिर १५ ।लामो समय देखी भूमाफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ।

रौतहटको गुजरा नगरपालिका ९ साविक रंगपुर गाबिस ५ मा रहेको वन क्षेत्रको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ।

गत कात्तिक २३ गते जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय र डिभिजन वन कार्यालय रौतहटको संयुक्त बैठकको निर्णयको आधारमा गत कात्तिक २७ मालपोत कार्यालय चन्द्रपुरले सो जमिन नेपाल सरकारको नाममा ल्याएको थियो । सो जमिन दोलखा,रामेछाप,ओखलढुंगा लगायत बिभिन्न जिल्लाका २६ जना व्यक्तिहरुको नाममा दर्ता भएको थियो।

aawash steels

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहको सकृयतामा भूमाफियाको नाममा रहेको जमिन श्रेस्ता बदर गरिएको थियो। वन क्षेत्रको जग्गाको श्रेस्ता बदर गरी एकसय २२ बिगाहा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याएको डिभिजन वन कार्यालय रौहतट चन्द्रनिगाहपुरका प्रमुख बिनोद सिंहले जानकारी दिए।

गुजरा खोल्सीदेखि पूर्व आवादी गाउँदेखि पश्चिम, बागमती सिचाइको नहरदेखि दक्षिण, गुजरा खोल्सीदेखि उत्तरको वन क्षेत्रको सो जग्गा बर्षौ अघि भूमाफियाले आफ्नो नाममा दर्ता गरेका थिए।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…