दोलखामा ६ वटा अस्पतालको एकसाथ शिलान्यास हुँदै

siddhartha wheel mart

दोलखा, मङ्सिर १४ ।दोलखाको ६ वटा स्थानीय तहमा भोली एकैदिन ५ देखी १५ शैयाँ सम्मको अस्पतालको शिलान्यास हुँदैछ । सरकारले मङ्सिर १५ गते अर्थात भोली देशभरका ३ सय ९४ स्थानीय तहमा अस्पतालको शिलान्यास गर्न लागे सँगै दोलखामा ६ वटा अस्पतालको शिलान्यास हुन लागेको हो ।

सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुुुुर्‍याउने र्रउद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५, १० र १५ श्ययाका अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । सोहि अनुसार दोलखाको भीमेश्वर नगरपालिकामा चरिकोट अस्पताल परिषरमा १५ शैयाँको अस्पताल शिलान्यास हुँदैछ । उक्त अस्पतालको कुल लागत ३ करोड ३० लाख २० हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।

त्यसैगरि तामाकोशी गाउँपालिकाको मालु मस्वास्थ्य चौकिमा १० शैयाको अस्पताल भोली शिलान्यास हुँदैछ । उक्त अस्पताल कुल ८५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो ।

aawash steels

वैत्यश्वर गाउँपालिकाको वडा नम्बर ५ मा रहेको वैत्यश्वर अस्पतालमा १५ शैयाँको अस्पताल कुल १ करोड रुपैयाँ लागतमा, मेलुङ गाउँपालिकाको भेड्पु स्वास्थ्य चौकीमा ५ शैयाँको अस्पताल र शैलुङ गाउँपालिकाको बाघखोर स्वास्थ्य चौकीमा ५ शैयाँको अस्पताल कुल ७०/७० लाख रुपैयाँ लागतमा निर्माण गर्न भोली शिलान्यास हुँदैेछ ।
यसैबिच दोलखाको गौरिशंकर गाउँपालिकाको सुरी प्राथमीक स्वास्थ्य केन्द्र रहेको इविथानमै १५ शैयाँको अस्पताल शिलान्यास गर्ने भएपछि स्थानीयवासीले असहमती प्रकट गरेका छन् ।

नेपाली कांग्रेस गौरिशंकर गाउँपालिका कार्यसमितिले एक प्रेश विज्ञप्ती जारी गर्दै इविथान हाल प्राथमिक स्वास्थ्य केन्द्र रहेको स्थान सिंगो गाउँपालिकावासीका लागी अपायक रहेको उल्लेख छ । प्राथमीक स्वास्थ्य केन्द्र इविथानमै रहेकाले अस्पताल सबै पालिकावासीलाई पायक पर्ने स्थान भोर्लेमा निर्माण गर्न माग गरिएको छ । इविथानमा अस्पताल निर्माण गर्ने निर्णय प्रति पुर्नविचार गर्न नेपाली काङ्ग्रेस गौरिशंकर गाउँपालिका सभापति श्यामसुन्दर तामाङले अनुरोध गर्नुभयो ।

super kinetic courier

यता गौरिशंकर गाउँपालिका अध्यक्ष स्वयम बहादुर खड्काले भोली अस्पताल शिलान्यास गर्नैपर्ने भएकाले इविथानमै शिलान्यास हुने बताउनुभयो । शिलान्यास इविथानमा गरिएपनि दोलखाका सांसद, जनप्रतिनिधि, राजनितिक दल, स्थानीयवासी बिच छलफल गरि अस्पताल निर्माण गर्ने स्थान परिवर्तन गर्न सकिने अध्यक्ष खड्काको भनाई छ ।

मङ्सिर २ गते बसेको अर्थ र स्वास्थ्यमन्त्रीबीचको बैठकले एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले अस्पताल निर्माणका लागि आवश्यक पर्ने बजेट पठाइसकेको छ । ५, १० र १५ शैैैैैयाका अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रियामार्फत अगाडि बढाइएको हो । यसरी कायम हुने रकम स्वास्थ्य मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रूपमा उपलब्ध गराइने महाशाखा प्रमुख डा. लोहनीले बताए।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयाको आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ। सोही आधारमा अस्पताल निर्माण प्रक्रिया अघि बढेको हो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सर्लाहीकाे हरिपुर नगरपालिकामा २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु

सर्लाही, फाल्गुन २५ । सर्लाहीकाे हरिपुर नगरपालिकाले २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरूलाई विश्व…

कमेडी च्याम्पियन सिजन–२ मा डिशहोमको सहकार्य

काठमाडौं,फाल्गुन २५ । लोकप्रिय कमेडी शो कमेडी च्याम्पियन सिजन–२ आधिकारिक पावरबाइ क्याटेगोरीमा नेपालको एकमात्र टेलिभिजन सेवाप्रदायक डीटीएच डिशहोम अनुबन्धित भएको छ। हरेक साता शुक्रबार र…

महिला चेम्बरले नारी दिवसमा पाँचजना महिला व्यवसायीहरूलाई गर्यो सम्मान

काठमाडौं,फाल्गुन २५। नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले विशेष समारोह आयोजना गरेको छ। यही…

धुम्बाराहीस्थित साविक नेकपाको कार्यालयमा बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखियो

काठमाडौं,फाल्गुन २५ । काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको…

कुन राशिलाई कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन २५

२०७७ फागुन २५ गते, मंगलवार, ९ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, एकादशी तिथि (१६ः२१ बजेदेखि द्वादशी), उत्तराषाढा नक्षत्र, चन्द्रराशि– मकर। मेष – ARIES चु, चे, चो,…