ब्राजिलका राष्ट्रपति भन्छन् : म त कोरोनाविरुद्धको खोप लगाउँदिनँ

siddhartha wheel mart

ब्राजिल,मङ्सिर १४ । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले कोरोनाविरुद्ध खोप नलगाउने भएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार उनले खोप लगाउने/नलगाउने आफ्नो अधिकार भएको उल्लेख गर्दै खोप नलगाउने बताएका हुन्।बिहीबार उनले भने, ‘म खोप लिन्नँ। यो मेरो हक हो।’

कोरोना महामारीका कारण खोप कहिले आउला भनेर विश्व समुदाय नै प्रतीक्षामा रहेका बेला ब्राजिलका राष्ट्रपति बोलसोनारोको निर्णयले सबै आश्चर्यमा परेका छन्।राष्ट्रपति बोलसोनारोले खोपप्रति नै अविश्वास व्यक्त गरेको बताइएको छ।

aawash steels

तर मुलुकको स्वास्थ्य नियामक निकायले प्रमाणित गरेका कुनै पनि खोप नागरिकका लागि निःशुल्क उपलब्ध गराउने उनले बताए।

उनी आफू पनि गत जुलाईमा कोरोना भाइरसबाट संक्रमित भएका थिए।

super kinetic courier

कोरोना संक्रमणबाट मृत्युका हिसाबले ब्राजिल विश्वमै दोस्रो पीडित मुलुकमा पर्छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठक फागुन २३ मा राख्ने…

काठमाडौं, फाल्गुुु १७ ।सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल : फागुन…

२०७७ फागुन १७ गते, साेमवार, १ मार्च २०२१। फाल्गुण कृष्ण पक्ष द्वितीया तिथि (११ः०४ बजेदेखि तृतीया), उत्तरफाल्गुनी नक्षत्र (१०ः०५ बजेदेखि हस्त), चन्द्रराशि– कन्या। मेष –…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालयको पहिलो बैठक जारी

काठमाडौं, फाल्गुन १७ ।प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक अहिले (सोमबार बिहान) जारी छ। नेकपाका एक नेताका अनुसार बैठक सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो। बिहानैदेखि…

सडक विस्तार प्रकरण: आज ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौं, फाल्गुन १७।काठमाडौंमा सडक विस्तारका क्रममा विभिन्न आरोपमा गरिएका गिरफ्तारीविरुद्ध आज सोमबार बिहान ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने भएको छ। पत्रकार/लेखकसमेत रहेका नागरिक अभियन्ता…