कक्षा १२ को परीक्षामा बेथिति : १३ घन्टाअघि नै प्रश्नपत्र आउट, परीक्षा हलमै टिकटक बनाएर सामाजिक सञ्जालमा पोस्ट

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १४ ।९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ।

बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरूको फेसबुक ग्रुपमा आइसकेको थियो। ‘बुटवलमा अघिल्लो साँझ ७ बजे केही व्यक्तिमाझ प्रश्नपत्र पुगेको थियो। भोलिपल्ट पेपर पाएपछि शिक्षकहरूले सामाजिक सञ्जालमा आएको र परीक्षाका लागि मेलमा पठाइएको पेपर एकै भएको देखेपछि तत्काल पनिकालाई जानकारी गराएका थिए,’ ती शिक्षक भन्छन्, ‘परीक्षा बोर्डका अधिकारीले गल्ती स्वीकार नगरी उल्टै शिक्षकलाई प्रहरी लगाएर समात्ने धम्की दिएपछि कुरा सेलायो।’

यसबारेमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य-सचिव, परीक्षा उपनियन्त्रक र प्रदेश परीक्षा कार्यालय प्रमुख पूर्ण जानकार रहेको उनी बताउँछन्।

aawash steels

कोरोना संक्रमणको जोखिम कम गर्न कक्षा–१२ को परीक्षामा होम सेन्टर (आ–आफ्नै विद्यालयमा परीक्षा केन्द्र) कायम गरिएको छ । तर, विद्यार्थीलाई सहज बनाउन मिलाइएको यस्तो व्यवस्था दुरुपयोग भएको पाइएको छ । परीक्षा केन्द्रहरूले परीक्षालाई मर्यादित बनाउन सकेका छैनन्।

कतिपय परीक्षा केन्द्रमा विद्यार्थीले हलभित्रै मोबाइल प्रयोग गरी ‘चिटिङ’ गर्ने, भित्रै भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्नेलगायत गतिविधि भइरहेका छन् । कतिपय केन्द्रले परीक्षाको मर्यादा कायम गर्न नसक्दा अशोभनीय गतिविधि सार्वजनिक भएका हुन् ।

super kinetic courier

आफ्नै शिक्षकले उत्तरपुस्तिका जाँच गरेपछि प्राप्तांक र उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने व्यवस्था छ । तर, विद्यार्थीलाई सहज बनाउने उद्देश्यले कायम गरिएको होम सेन्टरको व्यवस्था दुरुपयोग गर्दै परीक्षा केन्द्रमा सिकाउने, चिट चोराउनेलगायत गतिविधि भइरहेका छन् । त्यस्ता बेथिति विद्यालयभित्रै छिपेका छैनन्, निर्धक्क धमाधम बाहिर आइरहेका छन्।

परीक्षाका विषयमा बाहिर आएका घटनाको जिम्मेवार परीक्षा केन्द्र, केन्द्राध्यक्ष र शिक्षक हुने शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला बताउँछन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठक फागुन २३ मा राख्ने…

काठमाडौं, फाल्गुुु १७ ।सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल : फागुन…

२०७७ फागुन १७ गते, साेमवार, १ मार्च २०२१। फाल्गुण कृष्ण पक्ष द्वितीया तिथि (११ः०४ बजेदेखि तृतीया), उत्तरफाल्गुनी नक्षत्र (१०ः०५ बजेदेखि हस्त), चन्द्रराशि– कन्या। मेष –…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालयको पहिलो बैठक जारी

काठमाडौं, फाल्गुन १७ ।प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक अहिले (सोमबार बिहान) जारी छ। नेकपाका एक नेताका अनुसार बैठक सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो। बिहानैदेखि…

सडक विस्तार प्रकरण: आज ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौं, फाल्गुन १७।काठमाडौंमा सडक विस्तारका क्रममा विभिन्न आरोपमा गरिएका गिरफ्तारीविरुद्ध आज सोमबार बिहान ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने भएको छ। पत्रकार/लेखकसमेत रहेका नागरिक अभियन्ता…