
मंसिर १३ , काठमाडौं । गत २४ घण्टामा एक हजार ३८० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् भने ५१५ जना डिस्चार्ज भएका छन्।
देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार काठमाडौं उपत्यकामा मात्रै ३६० पुरुष र २८५ जना महिलासहित ६४५ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनसार पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ ।