वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन

siddhartha wheel mart

दोलखा, मङ्सिर १३ । भिमेश्वर नगरपालिका वडा नं २,दोलखामा पुर्व विद्यार्थीको लगानीमा निर्माण भइरहेको सभा हल साथै भिम माध्यमिक विद्यालयको बृहत्तभिमेश्वर विकासमा सबै पुर्व विद्यार्थीहरुलाई सहभागी गराउनका निम्ति उपत्यकामा रहेका पुर्व विद्यार्थीहरुसँग समन्वय र सहजीकरणका लागि मदनदास श्रेष्ठद्वारा भेला गरि समिति गठन गरिएको थियोे ।

काठमाडौंको नयाँ बानेश्वर स्थित कार्भिभल रेष्टुरेन्ट एण्ड मिटिङमा पुर्व विद्यार्थीहरुको प्रतिनिधिमुलक भेलाले वरिष्ठ कलाकार मदनदास श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय सहजीकरण समिति गठन गरिएको हो । सदस्यहरूमा डा.हरिदर्शन श्रेष्ठ, सोभीत उप्रेती, निरेन्द्र मास्के, प्रवीण प्रधान, श्यामचन्द्र श्रेष्ठ, कलावती श्रेष्ठ र यजु श्रेष्ठ रहेका छन् ।

पुर्व विद्यार्थी एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखाका जिल्लाको दोस्रो पुरानो हाई स्कुल र त्यहाँका पुर्व विद्यार्थीहरुको पहलमा सभा हल र बृहत्तर विकासमा पुर्व विद्यार्थीहरुको सहभागीहरुको नाम अगाडि अाई कार्य गर्नुपर्ने भएकोले काठमाडौं लगायत अन्य आ-आफ्नो पेशा, व्यवसायमा संलग्न रहेका पुर्व विद्यार्थीहरुको समन्वय र सहकार्यको लागि यस समितिको गठन गरिएको हो भनी भन्नुभयो ।

aawash steels
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…