माओवादीकै कारण माथि उठेका एमाले नेता आज उसैप्रति यति असहिष्णु किन : विष्णु रिजाल

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १३ ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले हिजो माओवादीसँग एकता भएकै कारण एमालेका जजसले लाभ लिए, आज उनीहरू नै उसप्रति असहिष्णु भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नेकपाका अन्तर्राष्ट्रिय विभाग उपप्रमुखसमेत रहेका रिजालले शनिबार सामाजिक सञ्जालमार्फत माओवादीसँग एकता नभएको भए आज तत्कालीन एमालेका नेताको हैसियत के हुन्थ्यो भनेर विचार गर्न चेतावनी दिएका हुन्।हाल नेकपा नेता विष्णु रिजाल तत्कालीन एमाले खेमाका हुन्।

‘माओवादीसँग एकता भएकै कारण एमालेका जो–जो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ, उहॉहरू नै साविक माओवादीप्रति कठोर र असहिष्णु हुनुको कारण बुझ्न सकिएन,’ रिजालले ट्विटरमा लेखेका छन्, ‘०७० मा एक्लै लड्दा र ०७४ मा माओवादीसँग मिलेर लड्दा ककसले हारे/जिते, परिणाम हेर्दा हैसियत थाहा भइहाल्छ।’

aawash steels
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…