काठमाडौँका विद्यालय कहिले खुल्छन्? महानगरपालिकाले यस्तो भन्यो

कहिले खुल्छ त काठमाडौँको विद्यालय

siddhartha wheel mart

काठमाडौँ, मङ्सिर १२ ।काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ।

पहिलेको तुलनामा कोरोना संक्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक माध्ययमबाट नै पठनपाठन हुने जनाएको हो।

गत कात्तिक २० गते बसेको मन्त्रिपरिषद् बैठकले केही कार्यविधि बनाई सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिइसकेको छ। विद्यालय सञ्चालन गर्ने भन्दै हालसम्म कुनै पनि विद्यालयले अनुमति नमागेको पनि कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।

aawash steels

‘अहिले कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ, परीक्षा सकिए पनि उपत्यका नगरपालिका फोरमको बैठकले यस विषयमा थप निर्णय गर्छ’, प्रमुख ढकालले भने।

विश्वभरि फैलिएको कारोनाका कारण गत चैतदेखि देशभरिका विद्यालय बन्द छन् । अहिले उपत्यका बाहिरका केही विद्यालय सञ्चालन भए पनि जोखिम कायम रहेका केही स्थानमा अझै सञ्चालन हुनसकेको छैन ।

super kinetic courier

काठमाडौँ उपत्यका नगरपालिका फोरमको केही दिनअघि बसेको बैठकले पनि अहिलेकै अवस्थामा विद्यालय खोल्न नसकिने बताएको छ।

उपत्यकामा संक्रमण कम भएपछि स्वास्थ्यविज्ञको सल्लाहमा कार्यढाँचा तयार गरी सञ्चालन गरिने कामपाले जनाएको छ। हाल कामपाका ९१ सामुदायिक विद्यालयमा ४२ हजार विद्यार्थी अध्ययनरत छन् भने ५४१ संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…