राजसंस्थाको पक्षमा देशभर प्रदर्शन : नेकपा र कांग्रेस कार्यकर्ताको समेत उल्लेख्य सहभागीता

राजावादी समर्थनमा प्रदर्शन

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १२ ।जनआन्दोलनको झल्को दिने गरी गत ४ मंसिरमा राजावादीले धनगढीमा मोटरसाइकल र्‍याली गरे।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजको आवरणमा र्‍यालीको आह्वान गरिएको भए पनि भित्री रूपमा सम्पूर्ण व्यवस्थापन हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको थियो ।र्‍यालीमा राजावादी मात्र होइन, सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेस समर्थक पनि देखिन्थे।

आयोजकले त नेकपा र कांग्रेसका समर्थक मात्र होइन, कार्यकर्तासमेत र्‍याली  सहभागी भएको दाबी गरेको छ । ‘सोचेभन्दा बढीको सहभागिता रह्यो, हामीले आह्वान मात्र गरेका हौँ, जनता स्वतस्फुर्त रूपमा सडकमा आए । अरू पार्टीका कार्यकर्ता पनि सहभागी भए,’ आयोजक समाजका संयोजक रविन्द्र कार्कीले भने।

aawash steels

धनगढी–अत्तरिया–धनगढीसम्म गरिएको र्‍यालीमा सात हजारभन्दा बढीले सहभागिता जनाएको कार्कीको दाबी छ। र्‍यालीमा राष्ट्रिय झण्डा बोकेर हिन्दू राष्ट्र र राजतन्त्र पुनस्र्थापनाको नारा लगाइएको थियो । कैलाली र कञ्चनपुरका सहरी तथा ग्रामीण क्षेत्रबाट मानिसहरू र्‍यालीमा सहभागी हुन आएका थिए।

कांग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर बमले सरकार र राजनीतिक दलहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दाको वितृष्णा र्‍यालीमा देखिएको बताए। ‘लोकतान्त्रिक व्यवस्थाप्रति भन्दा पनि लोकतन्त्रमा जे हुने भनिएको थियो त्यो हुन नसक्दा वितृष्णा बढेको हो । वितृष्णा अभिव्यक्त हुनु स्वाभाविक पनि हो,’ उनले भने।

super kinetic courier

राजसंस्था पुनस्र्थापनाको माग गर्दै रूपन्देहीबाट थालिएको अभियान देशव्यापी हुन थालेपछि रूपन्देहीमा अझ ठूलो प्रदर्शन को तयारीमा राजावादीहरू लागेका छन् । राष्ट्रियता कमजोर भएको र भ्रष्टाचार बढेकाले देशको हितका लागि राजा र हिन्दू राष्ट्र कायम गर्न जरुरी रहेको उनीहरूको निष्कर्ष छ।

वीर गोर्खाली अभियान, शिव सेना नेपाललगायतको नामबाट गत १७ कात्तिकमा मणिग्रामदेखि बुटवलसम्म राजावादीहरूले भव्य र्‍याली निकालेका थिए। राप्रपाका केन्द्रीय सदस्य शक्ति सापकोटाले रूपन्देहीमा अझ ठूलो प्रदर्शनको तयारी भइरहेको बताए।

राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै बुधबार राजावादीले पोखरामा र्‍याली प्रदर्शन गरेका छन । आयोजकविनाको प्रदर्शन भनिए पनि शिवसेना नेपालले र्‍याली आह्वान गरेको थियो, जसमा १८ हजार मानिस सहभागी भएको शिवसेनाका अध्यक्ष अनिल बस्नेतको दाबी छ । प्रहरीले भने हजारभन्दा बढी मोटरसाइकल र ५० भन्दा बढी कारसहितको र्‍याली प्रदर्शन भएको जनाएको छ।

राष्ट्रियवादी समूहको नेतृत्वमा राजावादीहरूले बुधबार जनकपुरमा र्‍याली निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, शिव सेना नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिकलगायतका नेता–कार्यकर्ताको र्‍यालीमा उल्लेख्य सहभागिता थियो।

प्रदेश १ को राजधानी विराटनगरमा गत २७ कात्तिकमा राजावादीले प्रदर्शन गरे । उनीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘गणतन्त्र मूर्दावाद’, ‘केपी ओली मूर्दावाद’, ‘संघीयता खारेज गर’, ‘धर्मनिरपेक्ष संविधान चाहिँदैन, हिन्दू राष्ट्र कायम गर’ लगायत नारा लगाउँदै नगर परिक्रमा गरे।

आगामी १४ मंसिरमा राजावादीहरूले हेटौँडामा पनि प्रदर्शन गर्दै छन् । जसमा भित्री रूपमा राप्रपाले सहयोग गरिरहेको छ, तर खुलेर स्वीकार गरेको छैन।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

१३ फागुन डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९…

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी…

भारतले चतुर कदम चालेर नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने:सुब्रमण्यम…

काठमाडौं,फाल्गुन १३ । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यम स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन्।…

ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन…

काठमाडौं,फाल्गुन १३ । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्। वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…