‘एच–२० स्टिल्थ बम्बरले चिनियाँ सेनालाई अन्तरमहादेशीय आक्रमण क्षमता प्रदान गर्नेछ’

siddhartha wheel mart

चिनियाँ जनमुक्ति सेनालाई उसको एच–२० स्टिल्थ बम्बरले अन्तरमहादेशीय आक्रमणको क्षमता प्रदान गर्ने एक बेलायती रिपोर्टले जनाएको छ।

बेलायतको थिंक ट्यांक संस्था रोयल युनाइटेट सभिर्सेस इन्सिटिट्युटको प्रतिवेदनअनुसार हाल चीनले विकास गरिरहेको सबसोनिक एच–२० स्टिल्थ बम्बरले अमेरिकाको खाडी क्षेत्रजस्तै ग्वाम र हवाईसम्मै पुगेर आक्रमण गर्नसक्छ।

aawash steels

प्रतिवेदनमा चीन र रुसले आफ्ना हवाई सेना शक्तिशाली बनाइरहेको साथै उनीहरुले अर्को पुस्ताको हवाई शक्ति विकास गरिरहेको पनि उल्लेख गरिएको छ।

सन् २०१६ मै चिनियाँ जनमुक्ति सेनाले एच–२० बम्बरको बिकास गर्ने बताएको थियो। त्यसबेला पाँचवर्ष भित्र सैन्य सेवामा उक्त बम्बर विमान आवद्ध हुने बताइएको थियो।

super kinetic courier

यस स्टिल्थ बम्बर विमान तिव्र गतिमा उड्ने र राडरले यस विमानलाई ट्र्याक गर्न गाह्रो हुने बताइएको छ।

यस बम्बर विमानमा खतरनाक क्षेप्यास्त्र र परमाणु अस्त्र राखिनेछ। मुख्यक्षेत्र चीनका संचारमाध्यमका अनुसार चीनको नयाँ बम्बर विमानले ४५ टनसम्म हतियार बोक्नसक्छ।यहाँ हाइपरसोनकि क्रुज मिसाइलहरु पनि हुनेछन्।

गत अगष्टमा अमेरिकी रक्षा विभागले चीनका क्रुज मिसाइलका क्षमता ८ हजार ५ सयसम्म भएको बताएको थियो। यसअनुसार चीनको क्षेप्यास्त्रले अमेरिकाको खाडी भूभाग ग्वासम्म पुगेर मार हान्नसक्छ।

यद्यपी सैन्य विज्ञहरुले चिनियाँ क्षेप्यास्त्र १२ हजार किलोमिटरसम्म पुग्ने बताएका थिए। यसको मतलब ग्वाममा चिनियाँ क्षेप्यास्त्रहरु सजिलै पुग्नसक्छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक

काठमाडौं,फाल्गुन १८। पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका छोरीतर्फका नाति सरोज पौडेलले बताए।…

सपनाले सुरु गरिन् पढाइ

काठमाडौं,फाल्गुन १८ । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति

काठमाडौं, फाल्गुन १८ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको किताब ‘वी रिड’ले नेपालीमा भाषामा प्रकाशन गर्ने अनुमति पाएको छ। वी रिडबाट प्रकाशित प्रेस विज्ञप्ति जारी गरी…

विप्लव समूहले पनि वार्ता समिति बनाउँदै

काठमाडौं, १८ फागुन । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा समिति गठन गरेर छ ।…

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ,फाल्गुन १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ। मंगलबार बिहान १० बजे भोला पौडेलको घरबाट विद्युत् चुहिएर सुरु भएको…