कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैन : मन्त्री गुरुङ

siddhartha wheel mart

काठमाडौं, मङ्सिर ११ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन्।

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति र भीमेश्वर नगरपालिका दोलखाले बिहीबार आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा ‘दोलखाली सर्जक’ (पुस्तक समीक्षा) र ‘डाँडाको लाँकुरी’ (कवितासंग्रह) विमोचन गर्दै मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन नहुने स्पष्ट गरे।

aawash steels

मन्त्री गुरुङले कोरोना महामारी जस्तो संकटका समयमा सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुनु दुःखद् भएको बताउँदै भने, ‘सरकारले जनताको भावनाअनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यस बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु।’

सरकारका प्रवक्ता गुरुङले दोलखा जिल्लास्थित ‘दोलखा फिल्मी सिटी’ को संस्थागत विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

super kinetic courier

सो अवसरमा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखा साहित्य समृद्धिका लागि अनुपम थलो भएको बताउँदै त्यसलाई थप उचाइमा पुर्याउन सरकारसँग आग्रह गरे।

साहित्यकार एमबी खड्काद्वारा लिखित ‘डाँडाको लाँकुरी’ कवितासङ्ग्रहमा ५० कविता समाविष्ट छन्। त्यसैगरी ‘दोलखाली सर्जक’ मा २४ पुस्तकमाथिका समीक्षा संलग्न छन्।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…

सर्वोच्च अदालतले नेकपाको नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला

काठमाडौं,फाल्गुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको…

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…