बालिका हत्या प्रकरण : बर्दिबासको अवस्था सामान्य बन्दै

siddhartha wheel mart

बर्दिबास , मङ्सिर ११ । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको बर्दिबासमा तनाव क्रमशः सामान्य हुँदै भएको छ।

बर्दिबासकी ६ वर्षीया बालिकाको अपहरणपछि भएको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि बर्दिबासको अवस्था असामान्य भएको थियो। बुधबार साँझ स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको हो।

aawash steels

नागरिकस्तरमा गठित वार्ता समिति र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालबीच पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका बुद्धिराज न्यौपाने (सञ्जय) लाई शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकालाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको थियो।

चारबुँदे सहमतिको नागरिकस्तरमा गठित वार्ता समितिका संयोजक चिरञ्जीवी हमाल र जिल्लाका प्रमुख जिल्ला अधिकारी कटुवालले पुष्टि गरेका छन्।

super kinetic courier

दुवै पक्षबीच प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृहमन्त्रालयमा पहलकदमी बढाउने समझदारीसमेत भएको छ।

यद्यपि जिल्लाका अन्य भेगमा प्रदर्शन रोकिए पनि बर्दिबास नगरपालिका क्षेत्रमा भने छिटफुट ठाउँमा अझै टायर बाल्ने र सवारी साधन रोक्ने काम भइरहेको गुनासो यात्रुले गरेका छन्। सहमतिपछि सडक अवरोध गर्नेसँग समितिको सम्बद्धता नरहेको संयोजक हमालले बताए।

गत आइतबार अपहरणपछि हत्या गरिएकी बर्दिबास-१४ की ६ वर्षीया बालिका गुलाव शाह (गुलवशा) खातुनका हत्यारालाई हँदैसम्मको कारवाही र न्यौपानेलाई शहीद घोषणा गर्दै क्षतिपूर्ति र घाइतेको उपचार खर्चको माग गर्दै बुधबार बर्दिबासका अतिरिक्त जिल्ला सदरमुकाम जलेश्वर, सम्सी, सीतापुर, गौशालासहितका ठाउँमा प्रदर्शन भएका थिए।

बर्दिबासमा जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनकारीले बुधबार दिनभर प्रदर्शन गरेका थिए।

गत आइतबार अपहरणमा परेर हत्या गरिएकी बालिकाको शव प्रहरीले सोमबार मध्यरातमा उनको घर नजिकै बोरामा खाँदिएको अवस्थामा बरामद गरेको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरी अनुसन्धान थालिसकेको छ। बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने अड्कल गरिएको छ। यद्यपि यो पक्ष अस्पतालको परीक्षण रिपोर्टले स्पष्ट पार्ने जिल्लाका प्रहरी अधिकारीको भनाइ छ। 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

ए मेरो हजुर ४ आउँदो भदौ १८ गतेबाट देशव्यापी रुपमा…

दर्शकमाझ अत्यन्तै प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ ले आफ्नो रिलिज डेट तोकेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए…

प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम…

काठमाडौं,फाल्गुन २४ । प्रचण्ड–नेपाल पक्षका नेकपा स्थायी समिति सदस्यहरुले नेकपाको पूर्ववत् एकता कायम राख्नुपर्ने सुझाव दिएका छन्। सोमबार प्रचण्ड–नेपाल तर्फका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा…

नेपालको आफ्नै भू–उपग्रह राख्न अध्ययनका लागि पाँच कम्पनी छनोट

काठमाडौं,फाल्गुन २४ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट)मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल…

नयाँ परिस्थितिबारे नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल

काठमाडौं,फाल्गुन २४ । सर्वोच्च अदालतको फैसलापछि सिर्जित नयाँ परिस्थितिबारे माधवकुमार नेपाल पक्षका पूर्वएमाले नेताहरुले आपसी छलफल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति…

प्रदेश नम्बर २ सरकारले २० हजार छात्रालाई साइकल वितरण गर्ने

काठमाडौं,फाल्गुन २४ । प्रदेश नम्बर २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’  कार्यक्रमअन्तर्गत पुनः २० हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ। सामुदायिक विद्यालयमा कक्षा…