त्रिशूलीमा खसेको जिप भेटियो, बेपत्ता ३ जनामध्ये महिलाकाे शव निकालियो

siddhartha wheel mart

काठमाडौं, मङ्सिर ११ ।आज (बिहीबार) बिहान मुग्लिननजिक त्रिशूली नदीमा खसेको जिप फेला परेको छ।

त्यहाँबाट शव निकाल्ने क्रम जारी रहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नान्तीराज गुरुङले नेपालखबरलाई जानकारी दिए।

aawash steels

घटनास्थलमा रहेका उनले भने, ‘भर्खरै एक महिलाको शव निकालिएको छ, अन्यको निकाल्ने काम जारी छ। म घटनास्थलमै रहेकाले थप कुरा गर्न अहिले सक्दिनँ।’

प्युठानबाट काठमाडौं आउँदै गरेको जिप आज (बिहीबार) बिहान त्रिशूली नदीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएको थियो ।लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खसेको थियोे ।

super kinetic courier

गाडीका चालक सूर्य केसी, यात्रु  प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोका र उनकी ११ वर्षीया छोरी नदीमा बेपत्ता भएकाे जमुनाका भाइ शरद रोकाले जानकारी दिएको हो। उनका अनुसार जमुनाका श्रीमान मुकुन्दराज रोका भने नदीबाट पौडी खेलेर बाँच्न सफल भएका छन्। तर घाइते छन्।

उनकाे अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले जानकारी दिइन्।मुकुन्दराज रोका पनि राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष हुन्। छोरीको उपचारका लागि रोका दम्पत्ती बुधबार राति काठमाडौं आउँदै थिए। पत्थरीको अप्रेसन गरेकी ११ वर्षीया बालिकामा इन्फेक्सन भएपछि थप उपचारका लागि उनीहरु काठमाडौं आउँदै थिए। त्यही बेला दुर्घटनामा परेका हुन्। 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे…

काठमाडौं,फाल्गुन २१ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे सम्झौता भएको छ। यससँगै तीन वर्ष भूमिगत भएका विप्लव शुक्रबार प्रधानमन्त्री केपी…

कोभिड-१९ को नयाँ प्रजातिको संक्रमण जनावरमा देखिन सुरु

२१ फागुन, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रजातिको संक्रमण बाख्रा, घोडालगायतका जनावरमा पनि देखिएको एक अध्ययनले बताएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानमा…

ओली पक्षले प्रचण्ड–माधव समूहका सांसदहरुलाई बैठकमा आउन गर्यो आमन्त्रण

काठमाडौं, फाल्गुन २१ । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका…

प्रधानमन्त्री ओली शिलान्यास तथा उद्घाटनमा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई विष्णु…

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री केपी शर्मा ओली शिलान्यास तथा उद्घाटन कार्यक्रममा सक्रिय भइरहँदा आलोचना गर्नेहरूलाई उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘झटारो’ (शाब्दिक) हानेका छन्।…