नेपालका धानको उत्पादन बढ्यो, तर उत्पादकत्व भने घट्यो

सपना रोका
siddhartha wheel mart

काठमाडौं, मङ्सिर ११ ।बागमती प्रदेशमा यस वर्ष वर्षे धानको उत्पादन समग्रमा बढेको छ । गत वर्षको अनुपातमा वर्षे धानको उत्पादन बढे पनि उत्पादकत्व भने घटेको छ।

यस प्रदेशको मुख्य बाली धान खेतीको गत वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र वृद्धि भए पनि क्षेत्र विस्तारको अनुपातमा उत्पादकत्वमा ह्रास आएको छ।

aawash steels

गत वर्ष प्रदेशभरमा धानको उत्पादकत्व ३.८२ प्रतिशत रहेकामा यो वर्ष घटेर ३.६४ प्रतिशतमा झरेको छ । बागमती प्रदेशको कृषि विकास निर्देशनालयको योजना, अनुगमन तथा कार्यक्रम शाखाका कृषि अर्थविज्ञ रामहरि तिमिल्सिनाका अनुसार गत वर्ष प्रदेशका जिल्लाहरूमा एक लाख ११ हजार ७४३ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएकामा यो वर्ष विस्तार भएर धान लगाइएको क्षेत्रफल एक लाख २५ हजार १०७ हेक्टर पुगेको छ।

गत वर्ष चार लाख २७ हजार १८२ मेट्रिक टन धान उत्पादन भएकामा यो वर्ष वृद्धि भएर चार लाख ५५ हजार ८२० मेट्रिक टन धान उत्पादन भएको छ।

super kinetic courier

विज्ञ तिमिल्सिनाले क्षेत्र विस्तारअनुसार धान उत्पादनमा वृद्धि भएको त। उत्पादकत्वमा ह्रास आएको बताए। ‘धानमा रासायनिक मल हाल्ने समयमा उपलब्ध नभएको र धानमा विभिन्न रोग र कीराको प्रकोपका कारण उत्पादकत्वमा ह्रास आएको हो,’ उनले भने।

प्रदेशमा सबैभन्दा बढी क्षेत्रफलमा धान खेती हुने चितवन जिल्लामा गत वर्ष २२ हजार २६३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा ८७ हजार ४८ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष क्षेत्रफल विस्तार भएर २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको चितवनमा एक लाख तीन हजार ४१६ मेट्रिक टन धान उत्पादन भएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

दलितले छोएको दही खाएका कारण सामाजिक बहिष्कार गरिएकाा एक व्यक्तिलाई…

खोटाङ,फाल्गुन १६ । खोटाङमा दलितले छोएको दही खाएका कारण सामाजिक बहिष्कार गरिएका टंकप्रसाद आचार्यलाई न्याय दिन र सुरक्षाको ग्यारेन्टी गर्न राष्ट्रिय मानव अधिकार आयोगले सम्बन्धित पक्षसँग…

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…