ठमेल बजारमा बढ्दै चहलपहल

siddhartha wheel mart

काठमाडौं, मङ्सिर १० ।कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको छ। बाह्य पर्यटक छिटफुट मात्रै देखिएपनि स्वदेशी उपभोक्ताको कारण चलहपहल बढ्दै गएको देखिन्छ। ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीहरुले पनि चहलपहल विस्तारै बढ्दै गएको बताएका छन्।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत महिना देखि लकडाउन भएपछि पर्यटकीय बजार ठमेल पनि प्रभावित भयो।

aawash steels

विमानस्थल बन्द भएपछि पर्यटकहरुको आवागमन रोकियो। सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि पनि लामो समय विमानस्थल सञ्चालन नहुँदा पर्यटकहरु नेपाल आउन सकेनन्। त्यसैले पनि ठमेलमा पर्यटकहरु देखिएनन्।

पछिल्लो समय पर्यटन क्षेत्रलाई सूचारु गरिएपनि सरकारी मापदण्डका कारण पर्यटकहरु आउन सकेका छैनन्। त्यसैले पनि ठमेल क्षेत्र पर्यटकविहिन बनेको छ। तर केही दिन यता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका ब्यापारीहरुले बताएका छन्। त्यस्तै होटल क्षेत्रमा पर्यटकहरुले बुकिङका लागि सोधपुछ गरिरहेको होटल व्यवसायीहरुले बताएका छन्।

super kinetic courier

पर्यटन व्यवसायीहरुले भने कोभिड रोकथाममा पर्यटकका लागि तयार पारिएको मापदण्डका कारण पर्यटकहरु आउन नसकेको बताएका छन्। सरकारले नेपालमा अएपछि क्वारेन्टिन नबसिकन पीसीआर परीक्षण गरी घुम्न जाने व्यवस्था गर्ने हो भने पर्यटकहरु आउन सक्ने पर्यटन व्यवसायीको भनाई छ।

विदेशी पर्यटकका लागि ठमेल पहिलो गन्तव्य हो। त्यसैले ठमेलमा पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएका व्यवसाय धेरै छन्। पर्यटक नै नभएपछि ती व्यवसायहरु समस्यामा परेको व्यापारीहरुले बताएका छन्। कतिपय व्यवसाय बन्द भइसकेका छन्।

त्यसैले ठमेलको चहलपहललाई बढाउन पनि पर्यटकलाई नेपाल आउन सहज हुने खालको नीति सरकारले अवलम्बन गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…