
काठमाडौं, मङ्सिर १० ।कोरोना संक्रमणबाट भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उपचारका क्रममा आज (बुधबार) बिहान उनको निधन भएको हो। उनलाई एक महिनाघि काेरोना संक्रमण पुष्टि भएको थियो।
मेदान्त अस्पतालमा उनका छोरा फैजल पटेलले ट्विट गरेर आफ्ना बुबाको अघि बिहान ३ बजेर २० मिनेटमा मेदान्त अस्पतालमा निधन भएको जानकारी दिएका हुन्।