‘वितरणका लागि तयार रुसको कोरोना खोप २३ सय रुपैयाँमा दुई डोज आउने’

siddhartha wheel mart

काठमाडौं, मङ्सिर ९ ।रुसको ‘स्पुतनिक भी’ कोरोना खोप २० अमेरिकी डलरभन्दा कम मूल्यमा प्राप्त गर्न सकिने आरडीआइएफले जनाएको छ।

यस मूल्यमा दुई डोज खोप पाउन सकिने स्पुतनिक भी खोपमा लगानी गर्ने संस्था आरडीआइएफका कार्यकारी अधिकृत किरिल दिमित्रिभले बताएका हुन्।२० अमेरिकी डलरभन्दा कम मूल्यमा अर्थात् नेपाली २३ सय रुपैयाँमा कोरोनाविरुद्धको यस खोपको दुई डोज प्राप्त गर्न सकिनेछ।

aawash steels

यस्तै यस खोपको एक डोज भने दश डलरभन्दा कम मूल्यमा पाउन सकिनेछ। तर दिमित्रिभ भन्छन्,‘स्पुतनिक भी दुई डोज लगाउनुपर्ने भ्याक्ससिन हो । त्यसैले यो एमआरएनए भ्याक्सिनभन्दा दुईभन्दा बढी गुणा सस्तो छ।’उनका अनुसार रुसको खोप विदेशी बजारमा वितरणका लागि तयार भइसकेको छ।

भारत, ब्राजिल, दक्षिण कोरिया, चीन लगायत अन्य चार मूलुकका औषधि निर्माता कम्पनीले रुसको खोप निर्माणमा अनुमति पाएको बताइएको छ।

super kinetic courier

स्पुतनिक भी खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ। यो खोप आफ्नो छोरीमा प्रयोग भएको रुसी राष्ट्रपति भ्लादमिर पुटिनले केही समय अगाडि बताएका थिए।डब्लूएचओले मान्यता नदिइ यसअघि नै रुसले यस खोप प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…