
बैतडी । भारतबाट पेन्सन बुझेर फर्कंदै गरेको जिप बैतडीमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना.१ज २१९६ नम्बरको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा ७५ वर्षीया पार्वती चन्द, ७० वर्षीया पार्वती चन्द, ७० वर्षीया कलावती चन्द, ७७ वर्षीया भगरिथ पाण्डेय र ५८ वर्षीय कृष्ण लावड छन्
अन्य चारजना घाइते भएको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख (डीआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।