यूकेको ह्याम्पशायर प्रहरीका सल्लाहकार बने नेपाल प्रहरीका पूर्व अधिकृत श्रेष्ठ

siddhartha wheel mart

लण्डन, मङ्सिर ९ । बेलायतको नेपाली समुदायका एक अग्रज सामाजिक अभियन्ता शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् । 

बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको श्रेष्ठले नेपाली लिंकलाई जानकारी दिए । 

aawash steels

ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा नियुक्त ८ सदस्यमध्ये श्रेष्ठ पनि एक छन् । नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठको व्यवसायिक पृष्ठभूमि र यहाँको स्थानीय समुदायमा उनको सक्रियताका आधारमा प्रहरीको सल्लाहकारमा नियुक्त गरिएको उनले बताए । 

बोर्डमा श्रेष्ठको नाम प्रस्ताव भइसकेपछि विभिन्न चरणमा भएका बैठक र अन्तरवार्ताहरुपछि उनलाई नियुक्ति दिइएको हो । त्यसक्रममा ह्याम्पशायर कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरुसंगै बेलायत सरकारका पूर्व गृहमन्त्री समेतको सहभागितामा छलफलहरु गरिएका थिए । 

super kinetic courier

श्रेष्ठलाई सल्लाहकार बोर्डमा नियुक्त गरिएको जानकारी ह्याम्पशायर कन्सट्याबुलरीकी असिस्टेन्ट चिफ कन्सटेबल म्याग्गी ब्लिथले गराएकी थिइन् । सल्लाहकारका रुपमा नियुक्त श्रेष्ठको कार्यकाल आउँदो वर्षको शुरुदेखि २ वर्ष रहनेछ ।

बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका अल्डरसट, फार्नबरोदेखि हुक, बेजिंगस्टोक, विन्चेस्टर, अल्टन, साउथह्याम्पटन, पोर्टस्माउथ र आइल अफ ह्वाइटसम्मका क्षेत्र बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको कार्यक्षेत्रमा पर्छन् । 

स्थानीय स्तरमा रहेका विभिन्न पृष्ठभूमिका समुदायहरु र प्रहरीबीच समन्वय र सम्बन्ध सुदृढिकरणका लागि यो एड्भाइजरी बोर्डले भूमिका खेल्ने गर्छ । 

प्रहरीका गतिविधि र घटनाक्रमहरुलाई स्वतन्त्रतापूर्वक समिक्षा गर्ने, त्यसप्रति आफ्नो धारणाहरु दिने र समुदायको भावना एवम् आवश्यकतालाई प्रहरीसम्म सञ्चार गर्ने काम बोर्डको हो । 

प्रहरीले सञ्चालन गरेका विभिन्न घटनाहरुमाथिका प्रमुख अनुसन्धानहरुको मुल्यांकन गर्दै स्थानीय प्रहरीको नीति तथा योजना तर्जुमाका लागि समेत सुझाव दिने काम सल्लाहकार बोर्डले गर्न सक्छ । 

बेलायती प्रहरीको क्षेत्रीय स्तरको सल्लाहकार बोर्डमा नेपाली समुदायबाट नियुक्त हुने सम्भवतः श्रेष्ठ नै पहिलो हुन् । 

‘मैले यो जिम्मेवारीलाई गौरवका रुपमा लिएको छु । हाम्रो सिंगो नेपाली समुदायकै प्रतिनिधिका रुपमा मलाई सल्लाहकार नियुक्त गरिएको मैले ठानेको छु’, श्रेष्ठले नेपाली लिंकसंग भने, ‘हाम्रो समुदायको भावना र आवश्यकताको प्रतिनिधित्व हुने गरी काम गर्ने मेरो अठोट छ ।’

प्रहरीमाथि लाग्ने जातीय भेदभाव र शक्ति दुरुपयोगको आरोपलाई हटाउने दिशामा सक्दो योगदान गर्ने उनले बताए ।  

नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ बेलायतको बेजिंगस्टोक मल्टीकल्चर फोरममा हाल अध्यक्ष छन् । विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको फोरममा केहि महिनाअघि उनी अध्यक्ष नियुक्त भएका हुन् । 

लेबर पार्टीको बेजिंगस्टोक कार्यसमितिका सदस्य श्रेष्ठ अश्वेत, एशियन तथा अल्पसंख्यक समुदाय हेर्ने विभागका संयोजक हुन् । स्थानीय क्रयामबोर्न कलेजमा उनी गभर्नर पनि छन् । 

बेलायतको स्थानीय समुदायसंग निकट रहेर सामाजिक कामहरु गर्दै आएका श्रेष्ठ यहाँको नेपाली समुदायमा पनि उत्तिकै क्रियाशिल छन् ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

आज देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

काठमाडौं,फाल्गुन २२ । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) ललितपुरसहित देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको…

आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं,फाल्गुन २२ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…