अंशु गुरुङ बनिन् बेलायती सेनामा क्याप्टेन बन्ने पहिलो नेपाली महिला

siddhartha wheel mart

काठमाडौं, मङ्सिर ९ ।अंशु गुरुङ बेलायती सेनाको उच्च तहमा पुग्ने पहिलो नेपाली महिला बनेकी छन्। २७ वर्षीया गुरुङ हालै बेलायती सेनाको क्याप्टेन पदमा नियुक्त भएकी छन्।

बेलायती सेनामा नेपाली युवाहरु भर्ती हुन लागेको दुई सय वर्षभन्दा बढी भइसके पनि उक्त पदमा अहिलेसम्म कुनै पनि नेपाली महिला पुग्न सकेका थिएनन्। अंशुले पहिलोपटक आफू सो पदमा पुग्न सफल भएकोमा ज्यादै हर्षित भएको बताइन्।बेलायती सेनाको क्याप्टेन पदमा नियुक्त भएकी  उनी पेशाले दन्त चिकित्सक हुन्।

aawash steels

‘क्याप्टेन हुने पहिलो नेपाली हुन पाएकोमा निकै गर्वको महसुस गरेकी छु’,  अंशुले भनिन्, ‘बुबाले बेलायती सेनामा गरेको योगदानबाट मलाई पनि यही क्षेत्रमै लाग्न प्रेरणा मिलेको हो।’ गत वर्ष बेलायतको क्विन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन्।

अंशुका पिता अमर गुरुङ भतूपूर्व गोर्खा सैनिक नै हुन्। उनले आफनी छोरीले प्राप्त गरेको सो सफलताप्रति निकै गौरव लागेको प्रतिक्रिया दिए। अंशुका हजुरबुवा रामप्रसाद गुरुङ भने भारतीय सेनामा थिए। उनले प्रतिष्ठित महावीरचक्र पदक प्राप्त समेत गरेका थिए।

super kinetic courier

नेपालको पुख्र्यौली घर कास्कीको पोखरा रहेका अंशुका परिवार हाल बेलायतको फार्नबरोमा बस्दै आएका छन्।केही नेपाली किशोरीहरु बेलायती सेनामा भर्ती भए पनि क्याप्टेन पदमा अंशुको प्रवेशले थप नेपाली युवतीहरुलाई बेलायती सेनातर्फ थप आकर्षित गर्ने विश्वास गरिएको छ।

गोर्खा रेजिमेन्टमा नेपालबाट पनि युवतीहरु भर्ना गर्ने बेलायतको योजना रहे पनि अहिलेसम्म सो योजना कार्यान्वयन हुन सकेको छैन। 

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…

आज दिउँसो मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना हुने

काठमाडौं,फाल्गुन १५ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (शनिबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ। यसबाहेकका स्थानमा भने मौसम सामान्यतया सफा छ…

काठमाडौंमा फेरि बर्डफ्लु संक्रमण देखियो

काठमाडौं,फाल्गुन १५ । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ। पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु…

ओली नेतृत्वको नेकपाका सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न

काठमाडौं,फाल्गुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुको भेला होटल याक एन्ड यतीमा सम्पन्न भएको छ। शुक्रबार दरबारमार्गस्थित होटल याक…

कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल

काठमाडौं,फाल्गुन १४ । काठमाडौं उपत्यकाको कमलपोखरीमा बनाइएका कंक्रिटका संरचना भत्काउन पुगेका अभियन्ता र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहीबार कमलपोखरीका तीन स्थानमा कंक्रिट संरचना राखिएको थियो।…