बर्दिबासमा ६ वर्षीया बालिकाको शव बोरामा भेटियो, बलात्कारपछि हत्या भएको भन्दै स्थानीयद्वारा सडकमा प्रदर्शन

siddhartha wheel mart

महोत्तरी , मङ्सिर ९ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको छ। बलात्कारपछि बालिकाको हत्या भएको आशंका स्थानीयले गरेका छन्।

बालिका हत्याको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन सुरु गरेका छन्। मंगलबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर गरेको प्रदर्शनको कारण पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ।

aawash steels

गएको आइतबार महोत्तरीको बर्दिबास- १४ शुभम् बस्तीका सहीद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन बेपत्ता भएकी थिइन्। उनको शव सोमबार राति फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईंले जानकारी दिए।

हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा बालिकाको शव फेला परेको हो। घर नजिकै रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ अवस्थित विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ।

super kinetic courier

बालिकाको बलात्कार र हत्यामा संलग्न भएकोआरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौशाला-५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिएको डिएसपी चपागाइँले जानकारी दिए। साहले अपराध स्वीकार गरेका प्रहरीले जनाएको छ।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या गरेको आशंका स्थानीयले गरेका छन्। तर, प्रहरीले भने पोष्टमार्टम रिपोर्टपछि मात्र बलात्कार भए/नभएको थाहा हुने जनाएको छ।

आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला साहले बलिकालाई अपहरण गरेर घरमा लगेको र दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरेर हत्या गरेको आरोप स्थानीयले लगाएका छन्।। बालिकाका बुवाले शहिद आलमले पनि आफ्नी छोरीको बलात्कारपछि हत्या भएको बताएका बर्दिबासका स्थानीयवासी राजु ढुंगानाले जानकारी दिए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…