
काठमाडौं, मंसिर ८ ।भारत र पाकिस्तानको सीमामा १५० मिटर लामो सुरुङ्ग भेटिएको छ।जम्मुको साम्बा सेक्टरस्थित अन्तर्राष्ट्रिय सीमा मुनी भारतीय सुरक्षा बलले आइतबार १५० मिटर लामो र ३ फिट चौडाई भएको सुरुङ्ग फेला परेको द हिन्दुले जनाएको छ।जम्मु प्रहरीका अनुसार यस सुरुङ्गको प्रयोग आतंकवादीले गर्दै आएका थिए।
हालै नागरोटामा मारिएका चरमपंथी पनि यसै सुरुङ्गबाट आएको आशंका गरिएको छ।सीमा सुरक्षा बलले सुरुङ्ग खोज्न ७६ घण्टा समय खर्चिएका थिए।सीमामा अझै त्यस्ता सुरुङहरु हुनसक्ने आशंका गरिएको छ। त्यसलाई पनि खोज्ने भारतीय प्रहरीले बताएका छन्।