विजयकुमार शाह बने सबैभन्दा बढी कर तिर्ने व्यक्ति

siddhartha wheel mart

काठमाडौं, मङ्सिर ८ ।जावलाखेल डिष्टिलरीका सञ्चालक विजयकुमार शाह यसवर्ष सबैभन्दा बढी कर तिर्ने व्यक्तिको रुपमा सम्मानित हुने भएका छन्।

सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी करी तिर्ने १५ क्षेत्रगत करदाता छनोट गर्दा सबैभन्दा बढी कर तिर्ने व्यक्तिको सूचीमा शाह परेका हुन्।

aawash steels

आइतबार १५ जनाको नाम आन्तरिक राजस्व विभागले छनोट गरेको हो। हरेक वर्ष मंसिर १ लाई कर दिवसको रुपमा मनाउने क्रममा करदाताहरुलाई सम्मान पनि गरिँदै आएको छ।

यस वर्ष तोकिएको समयमा छनोट गर्न नसके पनि करदाताहरुलाई सम्मान गर्ने उद्देश्यले १५ करदाताको छनोट आइतबार अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको अध्यक्षतामा बसेको बैठकले गरेको हो ।

super kinetic courier

यो वर्ष सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीको सम्मान सूर्य नेपालले पाउने भएको छ। विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने आईएमई रेमिट्यान्स कम्पनी छ।

व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्ने महिन्द्रा गाडीको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड रहेको छ।

निर्याततर्फ सबैभन्दा धेरै आयकर तिर्ने बहुराष्ट्रिय कम्पनी डाबर नेपाल पनि सम्मानित हुँदै छ। यसैगरी हाइड्रोतर्फ सबैभन्दा धेरै आयकर तिर्ने हिमाल पावर छ। कृषि तथा पशुपंक्षी उद्योगमा सबैभन्दा धेरै आयकर तिर्ने अन्नपूर्ण एग्रोभेट प्राइभेट रहेको आन्तरिक राजस्व विभागले जनाएको छ।

सबैभन्दा धेरै कर तिर्ने बैंकमा नबिल बैंक देखिएको आन्तरिक विभागका एक अधिकारीले जानकारी दिए।

उनले भने, ‘सहकारीतर्फ छिमेकी लघुवित्त, बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी शिक्षण सेवातर्फ सबैभन्दा धेरै आयकर तिर्ने मणिपाल मेडिकल बलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी रहेका छन्।’

गत आर्थिक वर्ष घोराही सिमेन्टले सबैभन्दा धेरै भ्याट दाखिला गराएको र मध्यमस्तरीय करदातामा पछिल्लो समय आक्रामक बजार विस्तार गरिरहेको कामना सेवा विकास बैंक परेको आन्तरिक राजस्वले जनाएको छ।

यी करदाताहरुलाई अर्थमन्त्री विष्णु पौडेलको हातबाट सम्मानको कार्यक्रम समेत राखिने ती अधिकारीले बताए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा:प्रदिप ज्ञवाली

काठमाडौं,फाल्गुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको…

जनता र मिडियाले उठाएका विषयअनुरुप नै भ्रष्टाचार न्यूनीकरणमा लागि पर्छु…

१५ फागुन, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारको बढ्दो ग्राफलाई न्यून गराउने र विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल :फागुन १५

२०७७ फागुन १५ गते, शनिवार, २७ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष पूर्णिमा तिथि (१४ः१६ बजेदेखि फाल्गुण कृष्ण प्रतिपदा), मघा नक्षत्र (११ः५२ बजेदेखि पूर्वफाल्गुनी), चन्द्रराशि– सिंह। मेष…

तेह्रथुमस्थित एक विद्यालयमा आगलागी हुँदा करोडौंको क्षति

१५ फागुन, तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । विद्यालयको प्राशसनिक भवनमा बिहान करीब ३ बजेतिर…

केपी ओलीसँग एकता असम्भव:प्रचण्ड

काठमाडौं,फाल्गुन १५ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग एकता असम्भव रहेको बताएका छन्। प्राइम टेलिभिजनलाई शुक्रबार अन्तर्वार्ता दिँदै प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने…