सुत्केरीको मृत्युपछि अस्पतालमा तोडफोड

siddhartha wheel mart

सिराहा ,मङ्सिर ८ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै सिराहाको लहानस्थित एक अस्पतालमा तोडफोड गरिएको छ।

सिरहाको सुखीपुर नगरपालिका–९ वैशाखा निवासी २७ वर्षीया आरती साहको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले लहानस्थित डिभाइन हेल्थ केयरमा आज तोडफोड गरेका हुन्।

aawash steels

चिकित्कसकै लापरबाहीले आरतीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन्। आरतीलाई सुत्केरी व्यथा लागेपछि प्रसूति गराउन शनिबार साँझ सो अस्पताल भर्ना गरिएको थियो।

शल्यक्रियाका क्रममा आरतीको मृत्यु भएपछि चिकित्सकसहित अस्पतालका सञ्चालक र अन्य कर्मचारीसमेत फरार भएका छन्। सुत्केरीको मृत्यु भए पनि जन्मिएको शिशु भने सकुशल रहेको र त्यो अस्पतालबाट शिशुलाई सप्तऋषि अस्पताल लगिएको छ।

super kinetic courier

लापरवाही गर्ने चिकित्सक तथा अस्पताललाई कारबाहीको माग गर्दै आफन्तजनले आरतीको शवसमेत शल्यक्रिया कक्षबाट उठाउन दिएका छैनन्। लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरेसम्म शव नउठाउने मृतकका श्रीमान् प्रमोद साहले बताए।

चिकित्सककै लापरबाहीका कारण आरतीको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही नभए शव नउठाउने मृतक परिवारको भनाइ छ।

यता घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठक फागुन २३ मा राख्ने…

काठमाडौं, फाल्गुुु १७ ।सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज…

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल : फागुन…

२०७७ फागुन १७ गते, साेमवार, १ मार्च २०२१। फाल्गुण कृष्ण पक्ष द्वितीया तिथि (११ः०४ बजेदेखि तृतीया), उत्तरफाल्गुनी नक्षत्र (१०ः०५ बजेदेखि हस्त), चन्द्रराशि– कन्या। मेष –…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालयको पहिलो बैठक जारी

काठमाडौं, फाल्गुन १७ ।प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको सचिवालय बैठक अहिले (सोमबार बिहान) जारी छ। नेकपाका एक नेताका अनुसार बैठक सिंहदरबाररस्थित संसदीय दलको कार्यालयमा बसिरहेको हो। बिहानैदेखि…

सडक विस्तार प्रकरण: आज ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौं, फाल्गुन १७।काठमाडौंमा सडक विस्तारका क्रममा विभिन्न आरोपमा गरिएका गिरफ्तारीविरुद्ध आज सोमबार बिहान ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने भएको छ। पत्रकार/लेखकसमेत रहेका नागरिक अभियन्ता…