१२ कक्षाका परीक्षार्थीलाई ढुक्क भएर परीक्षा दिन शिक्षामन्त्रीको अनुरोध

siddhartha wheel mart

८ मंसिर, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन अनुरोध गरेका छन् ।

सही ढंगले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात हुने जस्ता सामान्य कुरा पनि पालनामा हेलचेक्राइँ गर्दा कोरोना संक्रमणको महामारी गहिरिएको अनुभव राख्दै मन्त्री पोख्रेलले भनेका छन्, ‘युवा परीक्षार्थी भाइबहिनीहरुले आगामी परीक्षामा कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्दै अरुको लागि पनि दृष्टान्त बन्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै घरमा रहँदा होस् वा परीक्षा केन्द्र आउँदाजाँदा आवश्यक सचेतना अपनाउन अनुरोध गर्दछु ।’

aawash steels

परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको बताउँदै मन्त्री पोख्रेलले ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गरेका छन् ।

कक्षा १२ को परीक्षा यही मंसिर ९ गते (मंगलबार)देखि सुरु हुँदै छ । यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

super kinetic courier

यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ । बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् । बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा सम्पन्न गर्दैछ । परीक्षाको सिलसिलामा परीक्षार्थीहरुलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने भएमा पुनः परीक्षा दिन पाउने व्यवस्थासमेत मिलाइएको छ ।

परीक्षा केन्द्र वरिपरी भिडभाड नगरिदिन शिक्षामन्त्री पोख्रेलले अभिभावकहरुलाई अनुरोध गरेका छन् । उनले परीक्षालाई सुरक्षित, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आवश्यक पहलकदमी लिन स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु

१३ फागुन डोल्पा । डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९…

गैंडा मारेर खाग बिक्री गरेको मुद्दामा तीनजना पक्राउ

१३ फागुन, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरी…

भारतले चतुर कदम चालेर नेपालको राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने:सुब्रमण्यम…

काठमाडौं,फाल्गुन १३ । भारतीय जनता पार्टी (बीजेपी) का नेता सुब्रमण्यम स्वामीले भारतले चतुर कदम चालेर नेपालको जारी तरल राजनीतिक परिस्थितिलाई आफ्नो पक्षमा पार्नुपर्ने बताएका छन्।…

ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन…

काठमाडौं,फाल्गुन १३ । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन्। वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक…

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जसपासँग सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं,फाल्गुन १३ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ। बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले…