
काठमाडौं,मङ्सिर ८ । स्थानीय बजारमा सुनको मूल्यमा आइतबार तीन सय रुपैयाँ वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु (सुन) प्रतितोला ९४ हजारमा कारोवार भएकामा आइतबार ९४ हजार ३०० पुगेको छ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला ९३ हजार ५०० मा कारोवार भएकामा आइतबार ९३ हजार ८०० मा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार २१० मा कारोवार भएको छ।