पीसीआर परीक्षणका लागि सरकारी परिचयपत्र अनिवार्य, विदेश जानेले ए लेभलको प्रयोगशालामा मात्रै परीक्षण गर्नुपर्ने

siddhartha wheel mart

काठमाडौं, मङ्सिर ७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने नागरिकहरुका हकमा ए लेभलको प्रयोगशालामा मात्रै परीक्षण गर्न निर्देशन दिएको छ।

आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले विदेश जानेले नेपाल सरकारका लेभल ए प्रयोगशालाबाट मात्रै गर्ने गराउने र त्यसको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई पनि दिने गरी निर्देशन दिइएको बताए।

aawash steels

परीक्षणका लागि नमूना दिने व्यक्तिले नेपाल सरकारद्वारा जारी परिचयपत्र अनिवार्य रुपमा देखाउनु पर्ने र साेही परिचयपत्र हेरेर मात्रै परीक्षण गर्न गराउन पनि मन्त्रालयले प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।

यसअघि कोरोनाको परीक्षणमा नेगेटिभ वा पोजिटिभ रिपोर्ट मात्रै दिइँदै आएको भए पनि इनकन्क्लुसिभ (नेगेटिभ/पाेजिटिभ नखुलेकाे) रिपोर्ट आएका उक्त रिपोर्टलाई पोजेटिभ मान्ने भन्ने निर्देशन प्रयोगशालालाई दिइएको छ।

super kinetic courier

विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न गराउन पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘नारी बचत खाता’ को सुरुवात

काठमाडौं,फाल्गुन २३ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ। विशेषगरी १८ वर्ष…

बहिष्कार र नाराबाजीपछि प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभा बैठक आउँदो फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, नेकपा (प्रचण्ड–नेपाल) समूह र जनता समाजवादी पार्टीले संवैधानिक…

सर्वोच्च अदालतले नेकपाको नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला

काठमाडौं,फाल्गुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषिराम कट्टेललाई दिनुपर्ने फैसला गरेको छ। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको…

एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम…

काठमाडौं,फाल्गुन २३ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतीक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ। एनसेलका प्रमुख कार्यकारी…

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

काठमाडौं,फाल्गुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका…