ट्रम्पको उपचारमा प्रयोग रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति!

siddhartha wheel mart

काठमाडौं,मङ्सिर ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी ‘एन्टीबडी थेरापी’लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ।

कोरोनाका कारण स्वास्थ्य जोखिम निकै रहेका तर अस्पतालमा भर्ना भइ नसकेका बिरामीमा यो उपचार विधि प्रयोग गर्न अनुमति दिइएको हो।

aawash steels

औषधि निर्माता रिजेनेरोनले तयार पारेको रिजेन–कोभ२ नामको औषधिले कोभिड–१९ सँग सम्बन्धित अस्पताल भर्नालाई रोक्न वा न्यून गर्न निकै उपयोगी देखिएको छ। अन्य रोगका कारण समस्यामा परिरहेका बिरामीलाई पनि यो औषधि उपयोगी हुनेछ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडिएका आयुक्त स्टेफेन हानले रिजेन–कोभ२ औषधि सेवन गर्ने कोभिड–१९ बाट संक्रमित व्यक्तिले हत्तपत्त अस्पताल भर्ना वा अस्पताल गइहाल्नु नपर्ने देखिएको जानकारी दिए।

super kinetic courier

उनले स्वास्थ्य सेवा प्रणालीमाथिको अतिरिक्त दबाब कम गर्न पनि यो औषधि निकै उपयोगी रहेको बताए।

रिजेनेरोनका अध्यक्ष एवं प्रमुख कार्यकारी लियोनार्ड स्लाइफरले यो कदम कोभिड–१९ बिरुद्ध लड्न एउटा महत्वपूर्ण पक्ष रहेको बताउँछन्। कोभिड–१९ का कारण उच्च स्वास्थ्य जोखिममा रहने बिरामीले आफू संक्रमित हुनासाथ यो औषधिको सेवनबाट ठूलो लाभ लिन सक्ने पनि उहाँले बताए।

एन्टीबडी थेरापी उपचारका लागि अनुमति प्राप्त गर्ने अमेरिकाको रिजेनेरोन दोस्रो कम्पनी हो। यसअघि अमेरिकी कम्पनी एली लिल्लीले गत नोभेम्बर ९ मा एन्डीबडी थेरापीका लागि अनुमति पाएको थियो।

यस औषधिको प्रयोगबाट मानिसको रोगप्रतिरोधी क्षमता स्वाभाविक रुपमा बढ्छ। शरीरमा प्रतिरोधी क्षमता विकास गर्न प्राकृतिक विधिबाट कम मात्र सफलता प्राप्त भएपछि रिजेनेरोन र एली लिल्लीले प्रयोगशालाबाट एन्टीबडी थेरापी उत्पादन गरेका हुन्।

उनीहरुले सार्स–कोभ–२ कोभिड–१९ भाइरसको सतहको प्रोटिनलाई नियन्त्रित गरी यसलाई मानिसको शरीरभित्र प्रवेश गर्नबाट रोक्ने वैज्ञानिकहरुले बताएका छन्।

कम्पनीले नोभेम्बरको अन्त्यसम्ममा ८० हजार बिरामीका लागि औषधि तयार गर्ने जनाएको छ। आगामी जनवरी २०२१ को अन्त्यसम्ममा करिब तीन लाख बिरामीले यो औषधि प्राप्त गर्न सक्नेछन्।

यो औषधि हालका लागि अमेरिकामा मात्र उपलब्ध हुनेछ र सरकारी कार्यक्रम बमोजिम बिरामीले निःशुल्क प्राप्त गर्नेछन्।रिजेनेरोनले कोभिड–१९ को औषधि निर्माण गर्न ४५ करोड अमेरिकी डलर आर्थिक सहायता प्राप्त गरेको थियो।

गत महिना पनि रिजेनेरोनले तयार पारेको इबोला भाइरस विरुद्धको एन्टीबडी औषधिलाई अमेरिकी नियामक निकाय एफडीएले प्रमाणपत्र दिएको थियो।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक…

काठमाडौं,फाल्गुन २१ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। शुक्रबार मध्यान्न काठमाडौँ आइपुगेका महासचिव विप्लवले सभाअघि प्रवक्ता खड्गबहादुर…

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…