
काठमाडौं, मंसिर ७ ।क्रिस्टियानो रोनाल्डो चम्किँदा इटालियन सिरी ए मा युभेन्टसले काग्लियारीलाई २–० ले पराजित गरेको छ।
शनिबार राति भएको खेलमा युभेन्टसले घरेलु मैदानमा २–० को जित दर्ता गर्दा दुवै गोल रोनाल्डोले गरे।
खेलको ३७औं मिनेटमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए। त्यसको ४ मिनेटमा नै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर पारे। जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
युभेन्टसले ८ खेलबाट १६ अंक जोडेको छ। शीर्ष स्थानको एसी मिलानको ७ खेलबाट २७ अंक छ। युभेन्ट्ससँग पराजित कग्लियारी भने ८ खेलमा १० अंक जोड्दै ११औं स्थानमा छ।गैराति नै भएको अर्को खेलमा लाजियोले क्रोटोनलाई २–० ले हराउँदा एटलान्टा र स्पेजियाले गोलरहित बराबरी खेलेका छन्।