
काठमाडौं, मङ्सिर ७ । वरिष्ठ चिकित्सक डा ध्रुव शर्मा मुडभरीको कोभिड–१९ संक्रमणबाट निधन भएको छ।
पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि होम क्वारेन्टिनमा रहेका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा हिजो उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन्।राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा गरेका डा मुडभरी ॐ अस्पतालका संस्थापक थिए।उनका श्रीमती, दुई छोरी र एक छोरा छन्। स्व मुडभरीको हिजै पशुपतिमा अन्त्येष्टि गरिएको छ।