मुस्कुराइ दिन मन लाग्यो

siddhartha wheel mart

खुलस्त मनले जागृत गरि आकार पहिल्याउँदा
उजाड मरुभुमि प्रत्सर बनी साकार पछिल्याउँदा।
मनमन आज स्थिर छैन छचल्किँदै झन् भाग्य‍ो
हेरेर एक फेर तिम्रै मुहार मुस्कुराइ दिन मन लाग्यो।।

स्वप्नका जटिल स्मृतिहरु आँखामा सजाउँदा
मत्त भई मधुर त्यो तिम्रो भाकामा लजाउँदा।
मन्दिर बनाई शिला तिम्रै मुर्तिमा तन माग्यो
फेरेर एक सरो श्वास मुस्कुराइ दिन मन लाग्यो।।

aawash steels

म हुँ तिम्रै अतिरञ्जक भनी सपनामा आउँदा
स्पर्श गरि हृदयपुञ्ज म हुँ भनी विपनामा छाउँदा।
तृप्तकै खातिर शिलान्यासमा सृजक मन जाग्यो
घेरेर एक फन्को बात मुस्कुराइ दिन मन लाग्यो ।।

म तिम्रै नवमाल्लिका भनी मन मस्तिष्कमा धाउँदा
सम्झनामा राजी बनी संभारमा लालसा लाउँदा।
नसानसामा जडिबुटी बनी लहरा सरी वन झाँग्यो
केरेर पन्नापट एकफेर मुस्कुराइ दिन मन लाग्यो।।

super kinetic courier

✍️करुणा श्रेष्ठ

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने…

काठमाडौं,फाल्गुन १२ । नेपाली सेनाले विश्वकै दोस्रो अग्लो पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यहरुलाई सम्मान गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बुधबार जंगी अड्डामा…

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताए

काठमाडौं,फाल्गुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिएको बताएका छन्। बुधबार ‘नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले…

प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जाने

काठमाडौं, फाल्गुन १२ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवास जान लागेका छन्। सर्वोच्च अदालतले…

कुन राशिलाई आज कति लाभ, हेर्नुहोस आजको राशिफल :फागुन १२

२०७७ फागुन १२ गते, बुधवार, २४ फेब्रुअरी २०२१। माघ शुक्लपक्ष द्वादशी तिथि (१५:५६ बजेदेखि त्रयोदशी), पुनर्वशु नक्षत्र (११:२६ बजेदेखि तिष्य), चन्द्रराशि– कर्कट। मेष – ARIES…

ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, फाल्गुन १२ । पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्दै छ। बुधबार बिहान ११ बजे…