भुँकटहर खानुका फाइदा

भुइँ कटहर नेपालमा पनि पाइने एक किसिमको फल हो । यसको बोट सानो झाडी आकारको हुन्छ । यो एउटा बहुबर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो । यसलाई कतै कतै अनारस नामले पनि चिनिन्छ l भुइँकटहर हरेक मौसममा पाइने निकै स्वादिलो फल हो । यो स्वादिलो मात्र होइन निकै गुणकारी पनि हुन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसको सेवन गर्नाले शरीरमा फाइदा पुग्ने गर्दछ l त्यसैले आउनुहोस् l चर्चा गरौँ, भुईँ कटहर खादा हुने फाइदाबारे l

भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँदछ ।

यदि तपाईँ दाँत सम्बन्धी कुनै पनि समस्यामा हुनुहुन्छ भने भुइँकटहर खानु निकै उपयोगी साबित हुन्छ । भुइँकटहर खाँदा जोर्नीको समस्यामा फाइदा मिल्छ ।

भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।

नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पुर्‍याउँछ । यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउँछ र ग्यास्ट्रिक हुन दिँदैन ।

एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ ।

भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…