
काठमाडौं, मंसिर ६ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना कोरोना संक्रमित थपिएका छन्।
शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा ३८७ महिला र ५१२ पुरुष गरी ८९९ जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसारकाठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना संक्रमित थपिएका हुन्।
योसँगै शनिबार देशभरमा १ हजार ६७४ जनामा कोरोना पुष्टि भएको छ।