
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
सङ्क्रमित दुबै जनामा उच्च ज्वरो, उच्च रक्तचाप र श्वासप्रस्वास सम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।
तिलोत्तमा नगरपालिकाका पुरुषमा यही २ गते कोरोना पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कात्तिक २८ गते कोरोना पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाले १२ सय ५८ जनाको मृत्यु भइसकेको छ ।