नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा कम

siddhartha wheel mart

काठमाडौं, मङ्सिर ५ । नेपालमा पछिल्लो समय कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ हजार ३६४ जना संक्रमित निको भएका छन्।

संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या संख्या घटेको हो।

aawash steels

नेपालमा पहिलो पटक गएको असोज २१ गते कोरोनको सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको थियो। असाेज २१ मा नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको थियो। त्यसको झण्डै डेडमहिना पछि नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा तल झरेको छ।

शुक्रबार देशभरमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ। यो कुल संक्रमितको २ लाख १६ हजार ९६५ को ११.४ प्रतिशत हो।

super kinetic courier

त्यस्तै संक्रमितमध्ये ८८ प्रतिशत अर्थात १ लाख ९१ हजार २ जना निको भएका छन् भने ०.६ प्रतिशत अर्थात १ हजार २९८ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

आज आफनै सुरक्षा घेरामा रहनेछन् विप्लव

काठमाडौं,फाल्गुन २१ । शुक्रबार विप्लव तीन वर्षे भूमिगत राजनीतिबाट खुला हुँदैछन्। ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन पनि गर्दैछन्। एकीकृत जनक्रान्तिको अवधारणा लिएर अघि बढेको…

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह

काठमाडौं,फाल्गुन २१ । एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए। ‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो,…

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे…

काठमाडौं,फाल्गुन २१ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे सम्झौता भएको छ। यससँगै तीन वर्ष भूमिगत भएका विप्लव शुक्रबार प्रधानमन्त्री केपी…

कोभिड-१९ को नयाँ प्रजातिको संक्रमण जनावरमा देखिन सुरु

२१ फागुन, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रजातिको संक्रमण बाख्रा, घोडालगायतका जनावरमा पनि देखिएको एक अध्ययनले बताएको छ । चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानमा…

ओली पक्षले प्रचण्ड–माधव समूहका सांसदहरुलाई बैठकमा आउन गर्यो आमन्त्रण

काठमाडौं, फाल्गुन २१ । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका…