
काठमाडौं,मङ्सिर ५ । काठमाडौं उपत्यकामा मात्रै कोरोना भाइरसको संक्रमणमा परेका व्यक्तिको संख्या लाख नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै उपत्यकामा कोरोनाबाट संक्रमित हुने व्यक्तिको कूल संख्या १ लाख ८७२ पुगेको हो।