स्वास्थकर्मीहरु नै पीसीआर नगरी जिल्ला भित्रिदा पक्राउ

siddhartha wheel mart

काठमाडौं,मङ्सिर ५ । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।    

 कालिकोट र जाजरकोट स्थायी घर भएका उनीहरु पिसीआर परीक्षण नगरी जिल्ला भित्रिएपछि जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । सिमकोट विमानस्थलमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँचका क्रममा पिसीआर रिपोर्ट माग्दा नदिएपछि पिसीआर नगरी आएको थाहा हुने बित्तिकै विमानस्थल सुरक्षाका लागि खटिएको प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।    

aawash steels

 नियन्त्रणमा लिइएका दुवैलाई अहिले सिमकोट गाउँपालिकाको सिमसारमा रहेको शिल्पकला भवनमा राखिएको छ । आज उनीहरुको एन्टिजेन टेस्ट किटबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । निजी लगानीमा एन्टिजेन टेस्ट किटबाट परीक्षण गरी नेगेटिभ आए गन्तव्यमा पठाउने र पोजेटिभ आए स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टिनमा राखिने भएको छ । दुवै जना जिल्लामा कार्यरत स्वास्थ्यकर्मी नभए पनि साथीको विवाहका लागि बिहीबार बिहान सुर्खेतबाट पिसीआर परीक्षणबिनै हुम्ला सदरमुकाम सिमकोट आइपुगेका हुन् ।    

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरीद्वारा सम्झना बोहराको हत्या अभियुक्त सार्वजनिक

गुल्मी, २० फागुन । प्रहरीले गुल्मीको भाडगाउँमा युवतीको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई आज (बिहीबार) सार्वजनिक गरेको छ । रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहराको…

महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने

काठमाडौं,फाल्गुन २० । महिला हस्तकला मेला फागुन २२ गतेदेखि हुने भएको छ। नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरिने मेला फागुन २२…

नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न…

काठमाडौं,फाल्गुन २० । बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको…

भारतमा बनेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ ८१ प्रतिशत प्रभावकारी

काठमाडौं,फाल्गुन २० ।भारतमा विवादित बनेको कोरोनाविरुद्धको स्वदेशी खोप ‘कोभ्याक्सिन’ अन्तिम चरणकाे परीक्षणकाे सुरुवाती नतिजाका क्रममा ८१ प्रतिशत प्रभावकारी देखिएको छ। औषधि निर्माता कम्पनी भारत बायोटेकले…

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड…

ताप्लेजुङ,फाल्गुन २० । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ। क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख…