कान्तिपुर पब्लिकेसन्सका पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं,मङ्सिर ४। पत्रकार गोकर्ण गौतमको निधन भएको छ। कान्तिपुर पब्लिकेशन्समा कार्यरत् ३१ वर्षीय गौतमको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो।

उनलाई टाउको दुख्ने समस्या भएर स्वास्थ्य जाँच गर्दा मस्तिष्कको नशामा समस्या देखिएको थियो। अप्रेसन गर्नुपर्ने देखिएपछि बुधबार सो अस्पतालमा अप्रेसन गरिएको थियो । तर अप्रेसन गर्दा जटिलता आएपछि सफल हुन सकेको थिएन। अस्पतालले बिहीबार बिहान उनको मृत्यु भएको घोषणा गरेको हो।

उनी कान्तिपुर दैनिकमा कला, साहित्य र सामाजिक विषयमा रिपोर्टिङ तथा लेख्दै आएका थिए। फिल्म समीक्षा लगायत कला साहित्यसम्बन्धी लेखनमा उनकाे विशेष दक्षता थियाे।त्यसअघि उनले कान्तिपुर पब्लिकेशन्सकै नेपाल पत्रिका र अन्य सञ्चारमाध्यममा समेत काम गरेका थिए।उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…