लेग स्पिनर सन्दीप लामिछाने होबार्ट हरिकेन्समा अनुबन्ध

काठमाडौं,मङ्सिर ४ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियामा हुने बिग बास क्रिकेटमा होबार्ट हरिकेन्समा अनुबन्ध भएका छन्।

मेलवर्नसँगको सम्झौता सकिएपछि कुनै फ्रेन्चाइजिमा नरहेका उनलाई हरिकेन्सले सम्झौता गरेको हो। सन्दीपको सम्झौतासँगै हेरिकेन्सको टोलीले पनि अब पूर्णता पाएको छ।

‘नयाँ सिजनमा हेरिकेन्सबाट बिगबासमा जोडिन पाउँदा निकै नै खुसी लागेको छ,’ नयाँ टोलीमा पुगेका सन्दीपले भने, ‘अष्ट्रेलियाबाट सधै मैले माया र समर्थन पाएको छु। यो सिजन खेल्नको लागि म निकै नै उत्साहित छु।’

हेरिकेन्सका प्रशिक्षक एडम ग्रिफिथले सन्दीपले आफ्नो टोलीको बलिङ आक्रमणमा नयाँ आयाम ल्याउने बताए। उनले भने, सन्दीपले आफ्नो रहस्यमयी स्पिनका साथमा खेल परिवर्तन गर्न सक्छन्। जुनसुकै इनिङ्समा खेल्न सक्ने भएकाले सन्दीप सिद्ध विकेट टेकर पनि हुन्।’

गत दुई सिजनमा सन्दीपको बलिङ कौशललाई नियाली रहेको जनाउँदै हेरिकेन्सले यो सिजन पनि मैदानमा त्यो भन्दा राम्रो खेल देख्न पाउनेमा आशा व्यक्त गरे।

सन् २०१८ मा बिगबास लिगमा डेब्यु गरेका सन्दीपले दुई सिजन मेलवर्न स्टार्समा बिताएका थिए। बिगबासमा कुल २० खेल खेलेका सन्दीपले १९.८० को एभेरजमा २६ विकेट झारेका थिए।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…