काठमाडौंका केही अस्पताल र ‘ल्याब’ले कोरोनाको नक्कली रिपोर्ट दिइरहेको खुलासा

siddhartha wheel mart

काठमाडौं, मङ्सिर ४ । काठमाडौंका विभिन्न अस्पताल तथा प्रयोगशालाले कोरोना परीक्षणको नक्कली रिपोर्ट दिइरहेको खुलासा भएको छ।

यस विषयमा कारबाही अघि बढाउन भन्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्र सार्वजनिक भएपछि रहस्य खुलेको हो।

aawash steels

विमान चढ्ने बेला काठमाडौंबाट कोरोनाको पीसीआर रिपोर्ट नेगेटिभ लिएर गएका यात्रु हङकङ र यूएईमा पुगेपछि पुनः परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको भन्दै मन्त्रालयले त्यस्ता रिपोर्ट दिने अस्पताल तथा ल्याबलाई कारबाही प्रक्रिया अघि बढाएको हो।

नक्कली रिपोर्ट दिने ल्याबकै कारण नेपाल वायु सेवा निगमको हङकङ, यूएईलगायत केही देशमा उडान नै स्थगन गरिएको पत्रमा उल्लेख छ।

super kinetic courier

पत्रअनुसार विभिन्न प्रयोगशालाले स्वाब नै नलिईकन त्यत्तिकै कोरोना नेगेटिभको रिपोर्ट बनाइदिने, स्वाब संकलन गरे पनि हेरफेर गरी नेगेटिभ रिपोर्ट दिने गरेको, स्वाब संकलन गरे पनि निर्धारित समयसम्म भण्डारण गर्नुपर्नेमा त्यस्तो नगरेको पाइएको छ।तर कुन कुन अस्पताल वा ल्याब भन्ने कुरा पत्रमा खुलाइएको छैन।

प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

प्रहरी सहायक निरीक्षक राजाबाबु यादव माघ महिनाको उत्कृष्ट प्रहरी घोषित

काठमाडौं,फाल्गुन १७ । प्रहरी सहायक निरीक्षक राजाबाबु यादव गत माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। अवैध रुपमा त्रिभुवन विमानस्थलबाट अवैध रुपमा १० लाख बोकेर…

कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको…

काठमाडौं,फाल्गुन १७ । काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ। सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल…

NANT र NRNA को सहयोग संगै अस्ट्रेलियामा मगर दिवस भब्यताका…

सबिन बराल / डार्विन अस्ट्रेलिया, हरेक नेपालीलाइ आफ्नो सस्कृति प्यारो लाग्ने गर्छ, बिभिन्न जात र धर्मको फुलबारी हाम्रो नेपाल हरेक चाड र दिवसलाइ रमाइलो गरि…

नेकपाका अध्यक्ष प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य…

काठमाडौं, फाल्गुन १७ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीको नाम र निर्वाचन चिन्ह सूर्य आफ्नै पक्षले पाउने दाबी गरेका छन्।…

म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची…

काठमाडौं,फाल्गुन १७ । म्यान्मारमा सैन्य कू भएपछि पहिलोपटक लोकतान्त्रिक नेतृ आङ साङ सुची देखा परेकी छिन्। सुचीका वकिलहरुले सुचीलाई कूपछि पहिलोपटक देखेको बीबीसीले जनाएको छ।…