दैलेखमा सुत्केरी हुने क्रममा १८ वर्षीया युवतीको मृत्यु

siddhartha wheel mart

दैलेख, मङ्सिर ४ । दैलेखको नारायण नगरपालिका- ११ विन्ध्यवासिनीमा सुत्केरी हुने क्रममा १८ वर्षीया युवतीको मृत्यु भएको छ।

माइती घरमा लडेर घाइते भएकी १८ वर्षीया दीपा विकको शल्यक्रियामार्फत सुत्केरी गराउँदा मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार उनी दैलेखकै भगवतीमाई गाउँपालिका २ मा रहेको माइती घरमा लड्दा गम्भीर घाइते भएकी थिइन्।

aawash steels

घाइते दीपालाई उपचारका लगि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। लड्दा पेटमा गम्भीर चोट लागेकी दीपाको अस्पतालमा शल्यक्रिया गरी बच्चा निकाल्ने क्रममा मृत्यु भएको हो। उनका नवजात शिशुको पेटमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

दीपाका देवर पूर्ण विकका अनुसार स्वास्थ्यकर्मीले २५ मंसिरमा उनलाई सुत्केरी हुने मिति तोकेका थिए। पेटमा चोट लागेका कारण समय अघि नै उनको शल्यक्रिया गरिएको थियो।

super kinetic courier
प्रतिक्रिया :
NK suppliers

भर्खरै प्रकाशित

कुन राशिलाई आज कति लाभ ,हेर्नुहोस आजको राशिफल: फागुन २२

२०७७ फागुन २२ गते, शनिवार, ६ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, अष्टमी तिथि, ज्येष्ठा नक्षत्र, चन्द्रराशि– वृश्चिक। मेष – ARIES चु, चे, चो, ला, लि, लु,…

आज देशका विभिन्न स्थानमा केही घण्टा विद्युत बन्द हुने

काठमाडौं,फाल्गुन २२ । नेपाल विद्युत प्राधिकरणले आज (शनिबार) ललितपुरसहित देशका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ। प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार ललितपुरको लगनखेल वितरण केन्द्रको…

आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं,फाल्गुन २२ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार…

युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने:विप्लव

काठमाडौं,फाल्गुन २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले युद्धको अन्त्य कम्युनिस्टले गर्न सक्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र…

विप्लव नेकपासँग रातारात सहमति भएको होइन :प्रधानमन्त्री ओली

काठमाडौं,फाल्गुन २१ । प्रधानमन्त्री ओलीले विप्लव नेकपासँग रातारात सहमति नभएको प्रस्ट पारेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर…