प्रेरणाकी खानी ऊनि

कति प्यारो छ है यो `आमा ´शब्द ,जहिले पनि भनिरहुँ अनि सुनिरहुँ लाग्ने । जति यो शब्द प्यारो लाग्छ, त्यति नै आमाको पद पाउनुभएको व्यक्ति पनि एकदमै महत्त्वपूर्ण अनि प्यारो लाग्छ ।जसले हामीलाई यो सुन्दर अनि सर्वव्यापी रुपमा फैलिएको विश्वका ससाना टुक्रामा विभाजित भएका गाउँ ,बस्ती ,सहर र हरेक कुनाकुनालाई नजिकबाट नियालेर हेर्ने मौका प्रदान गर्नुभएको छ। सायद आमाले गर्भावस्थामा भएको, प्रसव पिडा र अनेक थरिका अरु पिडाहरु नभोग्नुभएको भए आज म यो सुन्दर अनि रमणीय बस्तीहरुको दृश्य हेर्न र स्पर्श गर्न असमर्थ हुने थिएँ होला ।अझ विशेष महत्त्वपूर्ण कुरा त म नै हुने थिइनँ होला यो संसारमा । थाहा छैन कसरी कृतज्ञता प्रदान गरुँ मेरी आमालाई, जति नै गरेपनि उहाँको लागि दिने सम्मान ,माया अनि कृतज्ञता जहिले पनि अपूर्ण नै लाग्छ ।

म जब रिसाउँथे अनि झर्केर बोल्थेँ आमासँग तर पनि मेरी आमा म देखि कहिल्यै रिसाउनुभएन ,बरु मलाई सम्झाएर भन्नुहुन्छ रिसाएर त केही हुदैन नानी ,रिसले त मान्छेलाई बिगार्छ त्यसैले नरिसाउ अनि आफ्नो काम पूरा गर्नतिर लाग । अनि भन्नुहुन्छ, “रिस खा आफू ,बुद्धि खा अरु ।”त्यसैले आज पनि म रिसाउँदा आमाले ती सानैमा भन्नुभएको कुरा याद गर्ने गर्छु ।आमा त मेरालागि प्रेरणाको स्रोत मात्र नभएर एउटा भगवानकै रुपमा मलाई सहि बाटोमा हिँडाउन आउनुभएको ममतारुपी महतारी हुन् जस्तो लाग्छ । सायद आमा नहुनुभएको भए आज म यो अवस्थामा आउन सक्ने नै थिइनँ होला । उहाँले मेरो हरेक पाइलामा बुढो मानिसलाई एउटा लट्ठीले सहायता दिएजस्तै गरि साथ दिँदै आउनुभएको छ। जसरी एउटा ढल्न लागेको रुखलाई टेको दिएर अडाइन्छ,त्यसरी नै मेरी आमाले पनि मलाई मेरो हरेक निर्णयमा अडिग हुन र त्यसलाई पूरा गरेरै छाड्न अनि आफ्नो भविष्य उज्ज्वल बनाउन सधैं मेरो समर्थकको रुपमा साथ दिँदै प्रगतिका हरेक पाइलाहरु नअडिकन अगाडि बढाउन मद्दत गर्नुभएको छ।

त्यसैले त मेरा यी कहिल्यै साहित्यतर्फ अगाडि नबढेका कलमहरु पनि आज आमाको बारेमा लेख्न बाध्य भएको छ। आमाले आफुले नखाईकनपनि मलाई खुवाउनुभयो,अनि सानोछँदा भन्नुहुन्थ्यो पहिले तिमी खाऊ ,अनिमात्र म खान्छु ; तिम्ले खाएपछि मेरो पेट आफै भरिन्छ। यस्तो भन्नुहुने आमालाई मैले यो भन्दा पहिले मेरो पढाइको व्यस्तताका कारण समय दिन भ्याएकी थिइनँ। तर आज मलाई आमासँग धेरै समय बिताऊ भनेरै लकडाउन गरिदिएको जस्तो लाग्छ ,त्यसैले आज मसँग फेरि पनि बाल्यकालमा अामासँग बिताएका ती पलहरुलाई याद गरेर आमासँगै खाने ,बस्ने ,मिठामिठा कुराकानी गर्ने अवसर प्राप्त भएको छ। त्यसैले त म घरबाट बाहिर ननिस्किकन आमासँगै बस्ने गर्छु। मौका आउँछ पर्खिदैन,बगेको खोला फर्किदैन भनेजस्तै ,मैले पनि यो अवसर फेरि पछि आउला ,नआउला भनेर अहिले को लकडाउनको अवसरको भरपूर प्रयोग गरेकी छु।

मेरी आमाले जहिले पनि भन्नुहुन्छ ,”मैले त नपढेर दुख पाएँ ,तर म मेरो सन्तानले दुख पाएको हेर्न चाहन्न । त्यसैले म आफू दुख गरेरै भएपनि सन्तानलाई सुख दिन चाहन्छु “। त्यसैले लाग्छ ,आमाको मन कति ठुलो अनि फराकिलो छ। त्यसैले मैले पनि मेरी आमाको जस्तै सोच राख्ने प्रयास गरेकी छु। तपाईंहरु पनि कहिल्यै नसोच्नुस कि मैले आमाबुबालाई वृद्धाश्रममा लगेर राखेँ भने , यो बुढाबुढीको बोझबाट छुटकारा पाउने छु भनेर । किनकि आमाबुबाले पनि त हामी यति धेरै सन्तानलाई कतै बाटोमा वा कसैले नदेख्ने ठाउँमा लगेर छोडदिने अनि बाल आश्रममा लगेर राखिदिने गर्न सक्नुहुन्थ्यो होला तर हामीलाई त त्यस्तो गर्नुभएन नि । किनभने आमाबुबालाई त सन्तान जति धेरै भएपनि कुनै बोझ लाग्दैन ,वल्कि उहाँहरुलाई त सन्तान भनेको भगवानले दिनुभएको एउटा अमूल्य वरदान जस्तै लाग्छ। त्यसैले हामी जतिसुकै धनी,सम्पन्न भएपनि, हामीसँग ठूलाठूला भवन भएपनि आमा बिनाको घर कहिल्यै सम्भव हुँदैन र खुसी रहन पनि सकिदैन । हामीसँग जति नै धेरै धन भएपनि आमालाई कुनै मुल्यमा किन्न सक्दैनौं । तपाईंसँग भएको धनले सम्पूर्ण खुसी,सम्पत्ति अनि दौलत त किन्न सक्नुहुन्छ होला तर तपाईले आमाको मायालाई कुनै पनि मूल्यमा किन्न सक्नुहुन्न ,किनकि आमाको माया अपरम्पार अनि अमूल्य हुन्छ । जुन न त कुनै पैसामा नै बिक्छ न त कुनै लालसामा नै । त्यसैले आफ्नो आमाबुबालाई यो लकडाउनको समयको अलिकति प्रहर पनि खेर नफालीकन भरपूर समय दिएर माया गर्नुस् अनि साथसाथै धेरै सत्कार ,सम्मान र कृतज्ञता प्रकट गर्नुहोस् अनि आफ्नो आमाको प्रिय पात्र बन्न सफल हुनुहोस् ।

जसले गर्दा हरेक आमालाई आफ्नो सन्तानप्रति विस्मात् नभएर सधै नयाँ परिवर्तनको लागि आशाको किरण नजर आउने छ।

जननी जन्मभुमिश्च स्वर्गादपि गरियसी ।।

✍️✍️ -कामना श्रेष्ठ,दोलखा

प्रतिक्रिया :

भर्खरै प्रकाशित

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…