किन अभाव छ नेपाली बजारमा रेडमी मोबाइल?

नेपाली बजारमा मोबाइल सेटको बजार विस्तार तीव्र छ। चिनियाँ कम्पनीका मोबाइलहरु नेपालमा भित्रिन थालेपछि मोबाइल बजार तीव्र प्रतिस्पर्धा मात्र भएको छैन, बिक्रीको ‘ट्रेन्ड’ नै परिवर्तन भएको छ।

एकताका नोकियाको वर्चस्व रहेको नेपाली बजार त्यसपछि सामसङले लियो। चिनिया ब्रान्डका विश्वप्रसिद्ध मोबाइलहरु नेपाली बजारमा आएपछि भने उपभोक्तालाई धेरै विकल्पहरु थपिएका छन्।

नेपाली बजारमा विश्व प्रसिद्ध चिनियाँ ब्रान्ड लोकप्रिय भएपछि त्यसको अभाव समेत हुनथालेको छ।

नेपाली बजारमा यस्तै अभाव भएको मोबाइल हो चिनियाँ कम्पनीको मोबाइल रेडमी। केही समयदेखि रेड्मी सिरिजका मोबाइलको अभाव रहेको व्यवसायी बताउँछन्।

साओमी कम्पनीले एमआई र रेड्मी सिरिजका मोबाइल नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

बजारमा रेड्मी ब्रान्डका मोबाइलको माग उच्च रहेको ताम्राकार हाउस मोबाइल व्यापार संघका सचिव गुरुदत्त शर्माले बताए।

‘बजारमा रेडमीका मोबाइलको अभाव नै छ’, शर्माले भने, ‘यी मोबाइल खोज्नेहरु पनि धेरै छन्।’

मोबाइल धेरै बिक्री हुने मुख्य बजारहरु न्युरोड, जाउलाखेल, त्रिपुरेश्वर जस्ता क्षेत्रमा रेड्मीका मोबाइल अभाव छ।

अहिले ‘रेडमी नोट ९ प्रो म्याक्स’ सबैभन्दा माग भएको मोडल हो। यी बजारमा यो मोबाइल पाइँदैन।नेपालमा रेड्मीका मोबाइलको माग उच्च भएकाले मुख्य बजारमा स्टक रहन नसकेको रेडमी नेपालको डिजिटल मार्केटिङ हेड जीवन तामाङले बताए।‘नेपालमा अहिले सबैभन्दा धेरै बिक्री हुने मोबाइलमा रेड्मी पर्छ,’ तामाङले भने, ‘माग उच्च भएका कारण मुख्य बजारमा नपाइएको हुनसक्छ।’

न्युरोड जस्ता ठाउँमा कुनै कुनै मोडल नपाइए पनि उपभोक्ताले पाउँदै नपाउने भन्ने नभएको उनको भनाइ छ। नेपालमा रेड्मीको माग एकिन गर्न नसक्दा पनि बजारलाई पु¥याउन नसकेको उनले बताए।’बजारमा यति माग छ भनेर लट ल्याउँछौं,’ उनले भने, ‘यहाँ ल्याउँदासम्म त्यो डिमान्ड दोब्बर भइसकेको हुन्छ।’ त्यसैले डिमान्ड कति छ भनेर एकीन गर्न गाह्रो भइरहेको कारणले पनि मागअनुसारको उपलबध हुन नसकेको उनले बताए।

रेडमी नेपालमा चार वर्षअघि भित्रिएको थियो। नेपाली बजार भित्रिएको छाटो अवधिमै साओमी ब्रान्डका एमआई र रेड्मी सिरिजका मोबाइल उपभोक्ताले रुचाएका छन्।

आठ महिनादेखिको कोरोना भाइरस संक्रमणले भने मोबाइलको बजारलाई आधा घटाएको छ। दसैतिहार केही धेरै बिक्री भए पनि अन्य अवस्थामा सामान्य रहेको शर्माले बताए।’मोबाइलको बिक्री वितरण सामान्य छ,’ शर्माले भने, ‘गत वर्षको तुलनामा आधा मात्र छ।’लकडाउनको अवधिमा अफिसको काम घरबाटै गर्ने र स्कुल तथा कलेजको कक्षा अनलाइनबाट हुन थालेपछि भने मोबाइलको बजारलाई केही राहत मिलेको थियो।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

सिटीजन्स बैंक लुटपाट घटना: यसरी बन्यो बैंक लुट्ने योजना

कार्तिक १, विराटनगर।  व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर, व्यवसाय राम्ररी नचलेपछि…

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला

काठमाडौँ — नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन…

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै

रामपुर (पाल्पा), असोज ३१ गते । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा…

टी–२० विश्वकपको सातौँ संस्करण आजदेखि सुरु हुदै

काठमाडौँ, अशोज ३१ । सातौँ आईसीसी टी–२० विश्वकप आज देखि सुरु हुँदैछ । क्वालिफायर राउन्ड अन्तरगत आज दुई खेल हुनेछन् । समूह बी अन्तरगत ओमान…

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…