उडेको दुई मिनेटमै बेपत्ता बनेको ताइवानको युद्धक विमान दुर्घटनाग्रस्त भेटियो

मंगलबार राति उडेको दुई मिनेटमै बेपत्ता बनेको ताइवानको एफ–१६ युद्धक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

मंगलबार स्थानीय समयअनुसार राति ६ बजेर ७ मिनेट जाँदा हुवालिएन एयर बेसबाट उक्त विमान रात्रिकालिन प्रशिक्षणका लागि उडेको थियो।

उडेको दुई मिनेटमै विमान सम्पर्क विहिन भएको थियो। एकमात्र पाइलट बस्न मिल्ने उक्त विमानमा पाइलट कर्णेल चियाङ चेङ ची समावेश थिए।

विमान दुर्घटनाग्रस्त रुपमा भेटिएपनि हालसम्म पाइलट भेटिएका छैनन्। उनको खोजी कार्य जारी छ।

हाल चीनसँग ताइवानको विवाद बढ्दै गइरहेको छ। चीनले ताइवानलाई आक्रमण गरेर कब्जामा लिनसक्ने बताइरहँदा ताइवानले सैन्य शक्तिलाई मजबुत बनाउन सैन्य अभ्यास गरिरहेको छ।

यसबीचमा प्रशिक्षण गरिरहेको ताइवानको विमान दुर्घटनामा परेको हो। हाल विमान दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ।

युद्धक विमान दुर्घटनामा पर्ना साथ ताइवानले तत्कालका लागि आफ्ना सम्पूर्ण युद्धक विमानको प्रशिक्षणलाई रोकिदिएको पनि सीएनएनले जनाएको छ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो…

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका…

सर्वोच्चमा आजदेखि गोलाप्रथा

काठमाडौं, १५ मंसिर । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोलाप्रथा प्रणाली कार्यान्वयन हुँदैछ । प्रधानन्यायाधीशको विशेषाधिकार अन्त्य गर्दै न्यायाधीशले नै गोला तानेर इजलास र पेसी तोक्ने अभ्यास…

प्रहरी नियमावली संशोधन : एकै पटक साढे १७ हजार प्रहरीको…

काठमाडौं, १५ मंसिर । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा…

एमसीसी जस्ताको त्यस्तै पास गर्ने पक्षमा छैनौं : नारायणकाजी श्रेष्ठ

पोखरा, ११ मंसिर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।…

सौराहामा एमाले महाधिवेशनको बन्द सत्र शुरु

चितवन, ११ मंसिर । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्द सत्र सचितवन सौराहामा शुरु भएको छ । निर्धारित समयभन्दा धेरै ढिलो गरी बन्द…