
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण नेपालमा थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या नेपालमा १ हजार २५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २५९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५३८ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।
अहिलेसम्म नेपालमा १६लाख २३ हजार ७५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको छ ।