जुमले फेरीपनि ल्यायो अत्यन्तै लोभलाग्दो फिचर

बुटवल । अब तपाईं जुम मिटिङलाई अस्थायी समयका लागि रोक्न सक्नुहुन्छ । जुम मिटिङभित्र अनाधिकृत रुपमा छिर्ने मान्छेहरु अर्थात् जुमबम्बरलाई निकाल्न उक्त फिचर ल्याइएको कम्पनीले आफ्नो ब्लग पोस्टमार्फत जानकारी दिएको छ ।

कोरोना महामारीका बीचमा भिडियो कन्फ्रेन्सिङ एप जुमको प्रयोग बढेसँगै विभिन्न प्रयाङ्क हुनुका साथै ह्याकरहरुले जुम कलभित्र छिरेर विभिन्न किसिमका अश्लील तथा आपत्तिजनक सामग्रीहरु डिस्प्ले गरेको पाइएपछि कम्पनीले नयाँ सुरक्षा फिचर ल्याएको हो ।

जुमले त्यस्ता किसिमका क्रियाकलापलाई ‘जुम बम्बिङ’ नाम दिएको छ । नयाँ सुरक्षा फिचर अन्तर्गत तपाईंले खराब सामग्रीलाई ब्लक गर्न मिटिङलाई अस्थायी समयका लागि सस्पेन्ड गर्ने तथा जुममा जुमबम्बरको रिपोर्ट गर्न सक्नेछन् ।मिटिङलाई रोक्न होस्टले सेक्युरिटी आइकनमा क्लिक गर्नु पर्नेछ । त्यसपश्चात ‘सस्पेन्ड पार्टिसिपेन्ट एक्टिभिटिज’ मा क्लिक गर्नसक्छन् । यति गरेपछि अडियो, भिडियो, इन मिटिङ च्याट, एनोटेसन्स, स्क्रिन शेयरिङ र रेकर्डिङ सबै बन्द हुन्छन् ।  

त्यसपछि जुमले होस्टलाई के तपाईं प्रयोगकर्ताविरुद्ध रिपोर्ट गर्न चाहनुहुन्छ भनेर प्रश्न गर्दछ । यदि उनीहरु चाहन्छन् भने मिटिङबाट त्यस्ता युजर इजेक्ट हुन्छन् । त्यसको नोटिफिकेसन जुमको सुरक्षा टिमलाई जान्छ । जुमले उक्त सुरक्षा फिचर आफ्ना सबै नि:शुल्क तथा सशुल्क प्रयोगकर्ताका लागि बाइ डिफल्ट एक्टिभ हुने बताएको छ ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया :

भर्खरै प्रकाशित

चाडबाडले आउजाउ बढ्यो, गाउँमा संक्रमण फैलिने जोखिम

काठमाडौं, २७ असोज । चाडपर्वसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि गाउँघरमा हुने भएको छ । चाडपर्व मनाउनमा गाउँघर र बजारमा मानिसको बढ्दो भीडसँगै कोरोना सङ्क्रमणको जोखिम…

कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न डब्लूएचओद्वारा कार्यदल गठन

काठमाडौं, २८ असोज । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स…

फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ : अल्मुताइरी

काठमाडौं, २८ असोज । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै…

उत्तर कोरियाका बालबालिका र ज्येष्ठ नागरिकहरू ‘भोकमरीको जोखिममा’

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्रसंघका एक विज्ञले उत्तर कोरियाका कमजोर बालबालिका र ज्येष्ठ नागरिकहरू भोकमरीको जोखिममा रहेका बताएका छन् । उत्तर कोरियाको लागि मानव अधिकार…

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच…

धनकुट्टा, २८ असोज । जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै मूलघाटबाट २८ हजार…