खाली पेट लसुन खानुका यस्ता फाइदाहरू

हाम्रो तरकारी स्वादिलो बनाउन हामी लसुनको प्रयोग त गरिरहेका हुन्छौँ । तर यसलाई औषधिका रुपमा लिन चाहिँ कहिलेकांही भुलिरहेका पनि हुन्छौँ । तर आयुर्वेदले त लसुनलाई औषधी नै मानेको छ । विहान खाली पेटमा लसुन खाँदा चाहिँ झन् धेरै फाइदा हुन्छन् । जस्तै :-

१. उच्च रक्तचापबाट छुटकारा

विहान खाली पेटमा एक पोटी लसुन खाँदा उच्च रक्तचापलाई नियन्त्रणमा लिन सकिन्छ । लसुनले हाम्रो रगतको सर्कुलेसनलाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।

२. पेटका बिमारी छुमन्तर

लसुन खानाले उच्च रक्तचापबाट छुटकारा पाउने मात्र होइन, पेटसँग जोडिएका समस्याहरु समाधानमा पनि ठूलो सहयोग पुग्छ । त्यसको रोकथामका लागि लसुन अत्यन्त उपयोगी मानिन्छ । पानी उमालेर त्यसमा लसुनको पोटी हालेर खाली पेटमा खाँदा झाडापखालाबाट पनि छुटकारा पाइन्छ ।

३. मुटु हुन्छ स्वस्थ

लसुनले मुटुसँग सम्बन्धित समस्यालाई पनि हटाउँछ । लसुन खानाले हाम्रो रगत जम्ने समस्याबाट छुटकारा मिल्छ र हृदयघात हुने सम्भावना पनि कम हुन्छ ।

४. पाचन प्रणाली हुन्छ बलियो

खाली पेटमा लसुनको पोटी चबाएर खानाले हाम्रो पाचन प्रणालीमा निकै सुधार हुन्छ । यसले भोक नलाग्नेहरुलाई पनि भोक जगाउँछ ।

५. धेरै रोगबाट राख्छ टाढा

लसुन खाली पेटमा खानाले चिसो, खोकी, निमोनिया, ब्रोकाइन्टिसलगायतका समस्याबाट पनि हामीलाई मुक्ति मिल्छ ।

प्रतिक्रिया :

भर्खरै प्रकाशित

यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा…

काठमाडौँ – आज प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल प्रदेश १,…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

कात्तिक ३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया…

राप्रपा लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग

कार्तिक ३, बुटवल । लगातारको वर्षाले धानबालीमा भएको क्षति पुगेकोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेशद्वारा कृषकलाई तत्काल क्षतिपूर्ति दिन माग गरेको छ । कृषकलाई…

ट्वान्टी-२० विश्वकप :बंगलादेशले ओमानलाई २६ रनले हरायो

कार्तिक ३, काठमाडौँ । बंगलादेशले मंगलबार आयोजक ओमानलाई २६ रनले पराजित गर्दै ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुग्ने आशा जीवितै राखेको छ । विजय हात पार्न…

दुई महिनामै २१.५ प्रतिशत घट्यो सेयर

कार्तिक ३, काठमाडौँ । काठमाडौँ — गत भदौ २ मा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च अंक ३ हजार १ सय ९८ मा पुग्यो ।…